‘अवाञ्छित गतिविधि रोक्न’ टिकटक र नेपाल सरकार सहमत, भएको छ । नेपाल सरकारले टिकटकबाट हुने ‘अवाञ्छित गतिविधि रोक्न’ उक्त सामाजिक सञ्जालको सञ्चालक कम्पनीका प्रतिनिधिहरूसँग छलफल र सहमति गरेको जनाएको हो।
त्यसले टिकटकबाट हुने ‘गलत कार्य तथा सामाजिक सद्भाव भड्काउने गतिविधि’ नियन्त्रणमा सहयोग पुग्ने अधिकारीहरूले बताएका छन्। तर अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले सरकारले “सरोकारवालासँग छलफल नगरी उक्त कार्य अघि बढाएको” भन्दै आपत्ति जनाएका छन्।
उनीहरूले सरकारले ‘अपराध रोक्ने बहानामा नागरिकको आलोचना गर्न पाउने अधिकार कुण्ठित गर्न सक्ने’ आशङ्का पनि गरे। टिकटक नेपालमा अत्यधिक प्रयोग हुने सामाजिक सञ्जालमध्येमा पर्छ। चिनियाँ लगानीको उक्त एपले प्रयोगकर्ताका गोप्य सूचनाहरू चीन सरकारसम्म पुर्याउने आरोप लगाउँदै कतिपय पश्चिमा देशहरू र भारतले समेत प्रतिबन्ध लगाएका छन्।
टिकटकले भने त्यस्ता आरोपलाई निराधार भनी खण्डन गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Kalapanimedia.com All rights reserved