लोप हुँदै दरबार सम्म पुग्ने सिमाली लेउ

  • माघ ३, २०८०
  • कालापानी मिडिया
alt

काभ्रेपलाञ्चोक । लेउको स्वादिलो परिकार पनि बन्छ र त्यो दरबारमा राजा–महाराजाको खान्गी बन्छ भन्ने कमैलाई थाहा होला। काभ्रेपलाञ्चोक जिल्लाका रोसी खोला, बेथानचोक, ढुङ्खर्क र काठमाडौँको फुल्चोकी पहाड वरिपरि बग्ने ससाना ठाडा खोलामा पाइने लेउ स्वादिलो हुने भएकाले दरबार र पाँचतारे होटलसम्म पुग्ने गरेको छ।

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, कात्तिकदेखि फागुनसम्मका पाँच महिनासम्म घाम लाग्ने सफा उच्च प्रवाहमा बग्ने पानीको ढुङ्गामा टाँसिएर रहने सिमाली त्यही लेउ हो।

असला माछाको जस्तै स्वाद हुने यो लेउ एक हजार ५०० देखि दुई हजार मिटर उचाइका खोलामा पाइन्छ। नेपालमा ९९८ प्रकारका लेउ पाइन्छ। खोलाको ढुङ्गामा टाँसिएर रहेको लेउलाई स्थानीयले सङ्कलन गरी बिस्कुन सुकाउने मान्द्रामा राखेर करिब आठ इञ्चको वर्गाकार पापड बनाउने गर्छन्। पापडलाई राम्रोसँग घाममा सुकाएर भण्डारण गर्छन्। रुचि र स्वाद अनुसार फरक फरकका परिकार बनाएर खान्छन्। स्थानीयले घरायसी प्रयोजनसँगै सिमाली लेउलाई आयआर्जनको माध्यम पनि बनाएका छन्।

वनस्पतिविद् डा. मोहनलाल वनर्जीले सन् १९५५ मा जर्नल अफ द बम्बे नेचुरल हिस्ट्री सोसाइटीमा प्रकाशित लेखमा सिमाली इन्द्रचोकको बजारमा पाइने उल्लेख गरिएको छ। त्यसैलाई पछ्याउँदै ६२ वर्षपछि सन् २०१७ मा राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालामा त्यसको अनुसन्धान शुरु भएको छ। तर यो अहिले लोप हुने अवस्थामा पुगेको छ।

पनौती पर्यटन केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले असला माछा लोप हुने अवस्थामा पुगेसँगै सिमाली पनि लोप हुने अवस्थामा पुगेको उनले जानकारी दिए। पहिले–पहिले सिमाली राजदरबारसम्म जाने गरेको उनले सुनाए।

‘२०५५ सालसम्म स्थानीय मास्के धउ बाज्याले त राणा र राजाको दरबारसम्म सिमाली लगेर बेच्ने गर्नुहुन्थ्यो। उहाँको निधनपछि पनौतीबाट सिमाली दरबारमा जान छाडेको हो’, उनले भने। वनस्पति विभाग प्रयोगशाला ललितपुरले गरेको अध्ययन अनुसार सिमालीमा प्रोटिन, कार्बोहाइड्रेट, बोसो, रेसा, क्षार र फलामको तìव पाइन्छ।

तिहारमा सो क्षेत्रका दिदीबहिनीले आफ्ना दाजुभाइलाई तेलमा तारेर पापड बनाए जस्तै गरी बनाएर दिने प्रचलन पनि छ। तथापि सिमालीको संरक्षण र प्रवर्धनमा स्थानीय तहले पनि खासै चासो र चिन्ता भने गरेको देखिँदैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कमला ह्यारिसलााई ओबा ...

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवारमा उ ...

भारत र श्रीलंका एसीस ...

काठमाडौं । भारत र श्रीलंका एसीसी वुमन्स एसिया कपको फाइनलमा प्रवेश गरेका छन्। गएराति श्रीलंकाको रंगि ...

रुसमा जनसाङ्ख्यिकीय ...

एजेन्सी । क्रेमलिनले शुक्रबार रुसमा घट्दो जन्मदर उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved