"नेपाल डेरी एसोसिएसनले माघ ७ गते रजत जयन्ती मनाउँदै"

  • माघ ४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालमा रहेका डेरीहरुको राष्ट्रिय छाता संगठन नेपाल डेरी एसोसिएसनले रजत जयन्ती मनाउने भएको छ ।

२५औं स्थापना दिवसको अवसरमा माघ ७ गते काठमाडौंमा विशेष कार्यक्रम गरी एसोसिएसनले रजत जयन्ती मनाउन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए । होटल मल्ल काठमाडौंमा कार्यक्रम हुनेछ ।

साधारणसभासमेत हुने उक्त कार्यक्रममा देशभरबाट डेरी व्यवसायीहरुको उपस्थिति रहने बताइएकोे छ । कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै रजत समारोह मनाउनको लागि तयार गरिएको समितीका संयोजक एवं एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलाले माघ ७ गतेको अवसरमा एसोसिएसनले निर्देशन गरेका सबै कार्यक्रम गर्न आग्रह गर्दै रजत जयन्ती एवं वार्षिक साधारणसभामा सहभागी हुन सबै डेरी उद्योगीहरुलाई आग्रह गरे ।

रजत जयन्तीको पूर्व सन्ध्यामा देशभर विविध कार्यक्रम हुने एसोसिएसनले जनाएको छ । प्रदेश तथा जिल्लास्तरीय कार्यक्रमहरु पनि हुने बताएको छ । कार्यक्रम सफल बनाउनका लागि तयारी तिब्र बनाइएको संस्थाका उपाध्यक्ष मनोजकुमार घिमिरेले जानकारी दिए । एसोसिएसनले बालआश्रम, ज्येष्ठ नागरिक आश्रम, विद्यालय, अस्पताल लगायतमा दूध तथा दुग्ध पदार्थ वितरण गर्ने जनाएको छ ।

व्यावसायिक हकहित तथा डेरीको विकासमा एसोसिएसनको योगदान महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष दाहालले एसोसिएसन स्थापनाको रजत जयन्तीसम्मको यात्रामा साथ दिने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै संस्थाका पूर्व अध्यक्ष सुमित केडियाले उद्योगहरुमा पाउडर दूध र बटर स्टक बढेको बताउँदै खपत बढाउनुपर्ने बताए ।

५ अर्ब रुपैयाँ बराबरको पाउडर र बटर स्टक रहेको बताउँदै उनले ‘मिल्क होलिडे’ आउन नदिनका लागि राज्यले समेत सहयोग गर्नुपर्ने उनले बताए । ‘जुन बेला दूत उत्पादन बढी थियो त्यो बेला हामीले लियौं, अहिले स्टक बढी छ । बिक्री भएन भने उद्योग नै विस्तापित हुने अवस्था आउन सक्छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै एसोसिएसनका बागमती प्रदेश अध्यक्ष टीकाप्रसाद घिमिरेले एसोसिएसन स्थापनाको रजत जयन्ती सबैको सहभागिता र साथ सहयोगमा मनाउने तयारी भएको र प्रदेश एसोसिएसनको तर्फबाट पनि सक्दो साथ र सहयोग हुने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved