शालिनको पोस्टमार्टम रिपोर्टमा बलात्कार पुष्टि भएन, मृत्युको कारण ह्याङ्गिङ

  • फाल्गुन २०, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् । शालिनलाई बलात्कार गरेको शव परीक्षणबाट देखिएको छैन । पोस्टमार्टममा संलग्न एक जना चिकित्सकले भने, बलात्कार पुष्टि भएन । १

४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको पोष्टमार्टमाबाट खुलेको छ । कक्षा ८ मा अध्ययनरत छात्रा शालिन फागुन १२ मा होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा लेखिएको छ, ह्याङ्गिङ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू डा. गोपाल चौधरी र डा. युगेन डोल्मा वालुङसहिका ५ जना फरेन्सिक विशेषज्ञहरूले शालिनको शव परीक्षण गरेका हुन् । पीडित परिवारले उनको शरीरमा चोटपटक रहेको दाबी गर्दै आएका छन् । तर, पोस्टमार्टम रिपोर्ट अनुसार शरीरमा ठुलो चोटपटक देखिएको छैन ।

पीडितको तर्फका अधिवक्ता युवराज सफलले प्रहरीले आधिकारिक रूपमा आफूहरुलाई पोस्टमार्टम रिपोर्ट दिई नसकेको बताए । उनले भने, ‘हामी शिक्षण अस्पतालमै छौँ । हामीले रिपोर्टबारे जानकारी पाइसकेका छैनौँ ।’ अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय चितवनका एक जना अधिकृत भन्छन्, खुट्टामा कोरिएको चोटपटक देखिएको थियो, सहपाठीहरूले सो चोटपटक केही दिनअघि मेलामा जाँदा कोरिएको बताएका छन् ।

घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका १० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् ।

उनीहरू विरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताए । घटनास्थलमा शालिनले छाडेको सुसाइड नोट भेटिएको छ । सुसाइड नोटमा नोटमा उनले लेखेकी छन्, मलाई सबैले माया गर्नु है ।

अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार नोटमा उनले थप लेखेकी छन सरी एभ्रिबडी, सरी ममी ड्याड ।गोरखाको अजिरकोट गाउँपालिका ५ मुच्चोक घर भएकी शालिन पछिल्लो समय चितवनको रत्ननगर नगरपालिका १५ स्थित माधवपुरमा बस्थिन् ।

शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर पढ्थिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हुथी विद्रोहीहरूमाथि ...

काठमाडौं । यमनका हुथी विद्रोहीहरूमाथि भएको अमेरिकी हवाई आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुग ...

रघुजी पन्तले ज्ञाने ...

काठमाडौं : राप्रपा सांसद दिपकबहादुर सिंहले आफ्ना सांसद ज्ञानेन्द्रबहादुर शाहीमाथि नेकपा एमालेका सांस ...

असफल भएको गणतन्त्र ...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले लोकतान्त्रिक गणतन्त्र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved