कस्तो क्रूर शिक्षक ? आफ्नै छात्रामाथी एसिड प्रहार !

  • फागुन २१, २०८०
  • कालापानी मिडिया
alt

इस्लामबाद । पाकिस्तानको कराँची सहरमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि एसिड प्रहार गरेका छन् । सो घटनामा विद्यार्थी गम्भिर जलेका छन् र उनलाई अस्पताल भर्ना गरिएको छ ।

आरोपित शिक्षक भने पक्राउ परेका छन् । प्रहरीका अनुसार कक्षामा केही विषयलाई लिएर शिक्षक र छात्राबीच झगडा भएको थियो । यसबाट शिक्षक निकै रिसाएर बदला लिने नियतले एसिड प्रहार गरे थिए ।

घटना शनिबार भएको र आइतबार प्रहरीले यसबारे जानकारी गराएको थियो । कराँचीको पोश क्षेत्र निपा चौरङ्गीमा एउटा विद्यालय छ, अलिशा नामकी ती विद्यार्थी त्यहाँ पढ्छिन् । शनिबार कक्षामा शिक्षक इफ्तिखारसँग उनको झगडा भएको थियो ।

स्कुल सकिएपछि अलिशाका दुई मामा उनलाई लिन स्कुल आए । इफ्तिखार विद्यालयबाहिर एक ठाउँमा एसिड प्रहार गरी उभिएका थिए । उनले पहिले अलिशासँग झगडा गरेपछि उनीमाथि एसिड हाने ।

अलिशाका मामाले उनलाई रोक्न खोजे तर उनीहरू शिक्षकले हानेको एसिडबाट जल्न पुगे । घटना लगत्तै आरोपी इफ्तिखार पक्राउ परेका थिए ।

अलीशा हाल कराँचीको एक अस्पतालमा भर्ना छिन् । उनका काका नोमान र फैजान डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
काठमाडौँको बल्खुमा र ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज मंगलबार बल्खुमा आयोजना विशाल जनप्रदर्शन गरेक ...

सरकार नसुध्रीए बाल ...

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नसुध्रने हो भने बालुवाटार घेरेर भातपानी बन्द ...

आज काठमाडौंमा राप्रप ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार राजधानीमा विरोध प्रदर्शन गर्दैछ। विभिन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved