राष्ट्र पुरानो गौरव फर्काउन एकजुट होउ- राजा ज्ञानेन्द्र

  • चैत्र २४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको छ ।

शनिबार जुम्लाका जनताले गरेको नागरिक अभिनन्दन कार्यालयलाई सम्बोधन गर्दै राजा शाहले अनेकतामा एकता र आफ्नो विरासती ऐतिहासिक गौरबप्रति आस्था नै हाम्रो ठूलो पूँजी भएकाले आफ्नो गौरव फर्काउन सबै एक हुनुपर्ने  बताउनु भएको हो ।

उहाले भन्नुभयो, कर्णाली सभ्यताले यही यथार्थ उजागर गर्दछ । आज देश कता जाँदैछ, तपाईहरूलाई थाहै छ । हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरता तिर गईरहेका छौं- आफ्नै भूगर्भ भित्र अथाह धन धान्य छ तर खानका लागि काम खोज्न हामी भौतारिइ राखेका छौं । कालीकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन ? तर ख्वै ? त्यसैले म भन्छु अब हामी राष्ट्रको पुरानो गौरब फर्काउनका लागि जुटौं, देश बनाउनका लागि उठौं र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं ।

हेर्नुस राजा शाहको सम्बोधन जस्ताको तस्तै

श्री ५ महाराजाधिराज ज्ञानेन्द वीर विक्रम शाहदेवबाट खलंगामा बक्सेको सम्बोधन जुम्ला उपस्थित महिला तथा सज्जनवृन्द, प्राचीन ऐतिहासिक स्थल जुम्लाको खलंगामा आइपुगेर यहाँका स्वाभिमानी जनता जनार्दन सामु उभिन पाउँदा म गौरब अनुभव गर्दछु । यो सुन्दर स्थलमा उपस्थित भइरहँदा मलाई आफ्ना गौरवशाली पिता पुर्खाको पनि सुखद संस्मरण भइरहेको छ । साँच्चै नै जुम्ला हामीहरूको राष्ट्रियता, हाम्रो भाषा, हाम्रो धर्म संस्कृति र हाम्रो सुन्दर सुसम्पन्न प्रकृतिको दिब्य धरोहर हो । नेपाल राष्ट्रको एकीकरण हुनु अघि बाइसे चौबीसे राज्य चरणमा पनि जुम्ला, सिंजा सभ्यताको केन्द्रस्थलको रूपमा रहेको इतिहास छ । चन्दननाथले पहाड खोपेर तलाउ क्षेत्र खलंगामा तलाङ बस्ती बसाएको, धौला र गरल जुम्ल्याहा डाँडा भएकोले जुम्ला नाम रहन गएको ऐतिहासिक तथ्य भेटिन्छ । अनेकौं अग्ला चुचुरा, भीर, पाखा, खोंच र केही मैदानी खोला खोल्सीले भरिपूर्ण जुम्ला कर्णाली, तिला र सिंगा नदीद्वारा सिञ्चित उर्वर र वैभवको थलो मानिन्छ। नेपालगञ्ज, दार्चुला, तुला, ताक्लाकोट सम्मको व्यापारिक पहुँच राख्ने यो क्षेत्र - खेतीपाती, भेडा, चौरी र घोडा पालनका हिसाबले महत्वपूर्ण रह्यो । कालो मार्सि धान, स्याउ, ओखर, केशर र अनेक प्रकारका वागवानी र वन्य वनस्पती जन्य जडीबुटी - जुम्लाका आफ्नैपनमा आधारित विशिष्टताहरू हुन् । कर्णाली महानदी प्रवाहबाट उठेर भरिपूर्ण प्रकृति बोकेको यहाँका पहाड, पर्वत, खाँच, खोला, खोल्सी हेर्दा देख्दा र बुझ्दा लाग्दछ - हामी यहाँका वासिन्दा अत्यन्तै सहृदयी, अत्यन्त कर्मनिष्ट र परस्परमा अत्यन्त आत्मीय छौं । आत्मीयता तथा राष्ट्रियता नै हाम्रो ठूलो बल हो । अनेकतामा एकता र आफ्नो विरासती ऐतिहासिक गौरबप्रति आस्था नै हाम्रो ठूलो पूँजी हो । कर्णाली सभ्यताले यही यथार्थ उजागर गर्दछ । आज देश कता जाँदैछ, तपाईहरूलाई थाहै छ । हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरता तिर गईरहेका छौं- आफ्नै भूगर्भ भित्र अथाह धन धान्य छ तर खानका लागि काम खोज्न हामी भौतारिइ राखेका छौं । कालीकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन ? तर ख्वै ? त्यसैले म भन्छु अब हामी राष्ट्रको पुरानो गौरब फर्काउनका लागि जुटौं, देश बनाउनका लागि उठौं र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं । - यातायातको विकटता, हावापानीको जटिलता, आर्थिक साधनको कठीनता तथा विपन्नता एवं शिक्षा चेतनाको कमीका कारण आफ्नो अम शीप र श्रोतको सहि उपयोग जुम्लाले गर्न पाएको छैन। राज्यले यस क्षेत्रको सम्पन्न भरिपूर्ण सम्पदाको समुचित प्रयोगमा जोड दिनु पर्दछ । आफु जन्मे हुर्केको आफ्नो थातथलो छोडेर अन्यत्र बसाइ सर्नु पर्ने, अर्काको देशमा गएर तातो ताप पीडा खप्नु पर्ने अवस्थाको अब अन्त्य हुनुपर्दछ । आज, हिजो होइन हामी आफै बदलिरहेका छौं । परिवर्तन साँच्चै पीडादायी भएपनि सधैं आवश्यक हुन्छ । याद होस्, संसारको पाङ्ग्रा सधैं आफ्नो गतिमा चलिरहेको हुन्छ । यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा हराउँदैन । अब सुधी, अब चेती र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउँ, मार्ग सुधार गरी नयाँ समझदारी, नयाँ सम्बाद, नयाँ वार्तालाभ, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौं भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ। अन्त्यमा, आफ्ना यिनै शुभ सदाशय राखेर यो समारोह आयोजना गरि मलाई यस्तो सुअवसर प्रदान गर्नु हुने तपाई आयोजकहरू र यसक्षेत्रका उत्साहपूर्ण उपस्थितीका लागि सबैमा धन्यवाद जय नेपाल । २०८० चैत्र २४ गते - जुम्ला खलंगा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

महेन्द्रनगर काठमाडौं ...

काठमाडौं । काठमाडौं सडकमा अत्याधुनिक बस सेेवा संचालन हुने भएकाे छ । नमस्ते शुक्लफाँटा यातायात प्राल ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved