पारस खड्का भन्छन, सन्दीपको मुद्दासँग मुछेर मेरो चरित्रहत्या गर्ने दुष्प्रयास भइरहेको छ

  • वैशाख २६, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले सन्दीप लामिछानेको मुद्दासम्बन्धमा आफ्नो नाम जोडेर चरित्रहत्या गर्ने दुष्प्रयास गरिएकोमा आपत्ति जनाएका छन्।

पारसले आज (बुधवार) सामाजिक सञ्जाल फेसबुकमार्फत ‘पछिल्लो केही समययता सामाजिक संजालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले ममाथि भइरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ उल्लेख गरेका छन्।

आफूमाथि भइरहेको नियोजित षड्यन्त्रविरुद्ध ढिलो चाँडो कानुनी कारबाहीमा जाने पनि उनले सञ्जालमा उल्लेख गरेका छन्। ‘नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दीप लामिछानेसँग जोडिएको मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने नै छ’, पारसले फेसबुकमा उल्लेख गरेका छन्, ‘यो सबैका बीच समेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले ममाथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु।’

उनले नेपाली क्रिकेटको विकास र विस्तारप्रतिको आफ्नो अठोटमा कुनै फेरबदल नहुने दृढता पनि उल्लेख गरेका छन्।

IMG_20240508_214100

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
वरिष्ठ क्यान्सर विशे ...

नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. भोला प्रसाद रौनियार अब विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडि ...

एयर इण्डिया : दुर्घट ...

काठमाडौं । भारतको गुजरातस्थित अहमदावादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। लण्डनका लागि उडे ...

दिलभुषणको पक्राउ पुर ...

काठमाडौं । नेपाली कांग्रेसका लोक प्रिय युवा नेता सांसद डा. सुनिल शर्माले पत्रकार दिलभुषण पाठकमाथि जा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved