मैले कसैलाई धम्की दिएको होइन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ-गृहमन्त्री

सहकारी प्रकरणमा समिति बनाउन कांग्रेस नै तयार नदेखिएको आरोप

  • जेठ ७, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा आफूले कसैलाई धम्की नदिएको बताएका छन् ।

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रतिनिधि सभामा बोल्ने क्रममा आफूले सहकारीमा आफूजस्तै अरु प्रकरणमा अरुको नाम पनि सञ्चारमाध्यममा आएको दृष्टान्त दिएको प्रष्टीकरण दिए ।

समाचारमा आएकै भरमा आफूमाथि छानबिन गर्ने हो भने अरुमाथि पनि छानबिन गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनको भनाइ छ । लामिछानेले गिरीबन्धु प्रकरणमा छानबिन गरी दोषीलाई कारबाही गर्न आफू तयार रहेको बताए ।

उनले सहकारी प्रकरणमा समिति बनाउन कार्यदल नै बनाइसकेको अवस्थामा अहिले कांग्रेस नै तयार नदेखिएको जिकिर गरे । सहकारी पीडितलाई न्याय दिने गरि सरकारले काम गर्ने उनको भनाइ छ ।

गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा कांग्रेसले गरेको अवरोध लोकतन्त्रको भद्दा मजाक भएको टिप्पणी गरे । विश्वासको मत कहिले लिने अधिकार प्रधानमन्त्रीको भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कमला ह्यारिसलााई ओबा ...

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवारमा उ ...

भारत र श्रीलंका एसीस ...

काठमाडौं । भारत र श्रीलंका एसीसी वुमन्स एसिया कपको फाइनलमा प्रवेश गरेका छन्। गएराति श्रीलंकाको रंगि ...

रुसमा जनसाङ्ख्यिकीय ...

एजेन्सी । क्रेमलिनले शुक्रबार रुसमा घट्दो जन्मदर उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved