राजा ज्ञानेन्द्र शाहद्धारा पाटन दरबार क्षेत्र अवलोकन, स्थानीयको थेगी नसक्नु भिड (फोटो फिचर)

  • जेठ ७, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले ललितपुरको पाटन दरबार क्षेत्रलगायतको अवलोकन भ्रमण गर्नु भएको छ।

राजा शाहले सोमबार अपराह्न पाटन दरबार क्षेत्रको अवलोकन गर्नु भएको हो। साथै उहाँले पाटनको गोल्डेन टेम्पल, बगलामुखी, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतमा पूजाआजासमेत गर्नु भएको थियो।

पाटन लगायत स्थानमा राजालाई स्थानीयले भब्य स्वागत गरेका थिए। स्थानीयले राजा आउने खुसियालीमा त्यस क्षेत्रका सडक तथा बाटोघाटो सरसफाई गरेर चिटिक्क पारेका थिए ।

यता राष्ट्रवादी युवाहरुले राजाको स्वागतमा दिउँसो २:३० बजे बाटै कुपन्डोल हनुमानस्थान नजिकबाट मोटरसाईकल ¥याली लिकालिएका थिए । उनिहरुले कुपन्डोलको हिमालयन होटेल हुँदै पाटन ढोका, चाकुपाट, इमुखेल चिलड्रेन पार्क हुँदै नाग बाहाल, घौगल, माहापाल चोक र मंगलबजार चोकमा जम्मा भएर राजा ज्ञानेन्द्रको स्वागत गरेका हुन् ।

राजा शाहले पाटन क्षेत्रको पुजाआजा र अवलोकन समपन्न भए पछी राष्ट्रवादी युवाहरुको ¥याली पुन मंगलबजार चोकबाट माहापाल, गाबाहल, पुल्चोक, जवलाखेल बिरेन्द्र सालिक हुँदै पुन पुल्चोक भएर कुपण्डोल हुँदै निर्मल निवास सम्म राजालाई छोड्न गएको युवा नेता निरन्जन थापाले बताए।

युवाहरु सबैले राष्ट्रिय झण्डा बोकेका थिए ।

6 64 1 4 gf ttt tt 5 2 ty h

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
वरिष्ठ क्यान्सर विशे ...

नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. भोला प्रसाद रौनियार अब विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडि ...

एयर इण्डिया : दुर्घट ...

काठमाडौं । भारतको गुजरातस्थित अहमदावादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। लण्डनका लागि उडे ...

दिलभुषणको पक्राउ पुर ...

काठमाडौं । नेपाली कांग्रेसका लोक प्रिय युवा नेता सांसद डा. सुनिल शर्माले पत्रकार दिलभुषण पाठकमाथि जा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved