मोदिले दिए शपथग्रहण समारोहमा सहभागी सबै विदेशी पाहुनालाई धन्यवाद

  • जेठ २८, २०८१
  • कालापानी मिडिया
alt

न्युज एजेन्सी । भारतका प्रधानमन्त्री मोदीद्वारा शपथग्रहण समारोहमा सहभागी विदेशी पाहुनालाई धन्यवाद ज्ञापन गरेका छन्।

भाजपा नेता मोदीले आइतबार राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा आफ्नो तेस्रो कार्यकालका लागि भारतका प्रधानमन्त्रीका रुपमा शपथ लिएका थिए। राष्ट्रपति द्रौपदी मुर्मूले नरेन्द्र मोदीलाई पद तथा गोपनियताको शपथग्रहण गराएकी थिइन्।

प्रधानमन्त्री मोदीले एक्समा पोस्ट गरेको एक सन्देशमा भारतका विश्वभरका सहयोगीसँगको सहकार्यको महत्वमा जोड दिँदै साझा चुनौतीहरूको सामना गर्न र पारस्परिक हितलाई अगाडि बढाउन राष्ट्रले आफ्ना मूल्यवान साझेदारहरूसँग नजिकबाट काम जारी राख्ने बताएका छन्।

उनले भने, “शपथ ग्रहण समारोहमा सहभागी हुनुहुने सबै विदेशी महानुभावहरूप्रति म आभारी छु। मानव प्रगतिका लागि भारतले हाम्रा मूल्यवान् साझेदारहरूसँग सधैं नजिकबाट काम गर्नेछ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीपदको शपथ लिएपछि भारतका छिमेक, हिन्द महासागर क्षेत्रका नेताहरू राष्ट्रपति भवनको मञ्चमा सहभागी भएका थिए।

प्रधानमन्त्री मोदीसँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथले प्रत्यक्ष भेटी हात मिलाएर बधाई ज्ञापन गरेका थिए।

विदेशी नेताहरूले राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखरलाई सफलतापूर्वक लोकसभा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएकी थिइन्। आइतबार राति राष्ट्रपति मूर्मुले आयोजना गरेको भोजमा सरिक हुनुपूर्व राष्ट्रपति मूर्मु, उपराष्ट्रपति धनखर, भारतीय प्रधानमन्त्री मोदी, नेपालका प्रधानमन्त्री ‘प्रचण्ड’लगायतका विदेशी पाहुनाले सामूहिक तस्वीर खिचाएकी थिइन्।

भारतीय विदेश मन्त्रालयले भनेको छ, “प्रधानमन्त्री नरेन्द्र मोदीको लगातार तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन नेताहरूको भ्रमण भारतले आफ्नो ‘छिमेक पहिलो’ नीति र ‘सागर’ भिजनलाई दिएको उच्च प्राथमिकताअनुरूप हो।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शपथग्रहण समारोहमा सहभागी भएका विदेशी पाहुनाप्रति आभार व्यक्त गर्दै ‘छिमेक पहिलो’ नीतिप्रति भारतको प्रतिबद्धता दोहोर्‍याएका छन्। भारतको विशाल जनसङ्ख्याको सेवा गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्दै उनले भने,“देशलाई प्रगतिको नयाँ उचाइमा पुर्‍याउने आफ्नो सरकारको लक्ष्य रहनेछ।”

भारतीय प्रधानमन्त्री मोदीले नवनियुक्त सबै मन्त्रीहरूलाई बधाई ज्ञापन गर्दै भने, “म १४० करोड भारतीयको सेवा गर्न र भारतलाई प्रगतिको नयाँ उचाईमा पुर्‍याउन मन्त्रीपरिषदसँग मिलेर काम गर्न उत्सुक छु। आज शपथ ग्रहण गर्नुहुने सबैलाई बधाई छ। मन्त्रीहरूको यो टोली युवा र अनुभवको ठूलो मिश्रण हो र हामी जनताको जीवन सुधार गर्न कुनै कसर बाँकी राख्ने छैनौँ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कमला ह्यारिसलााई ओबा ...

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवारमा उ ...

भारत र श्रीलंका एसीस ...

काठमाडौं । भारत र श्रीलंका एसीसी वुमन्स एसिया कपको फाइनलमा प्रवेश गरेका छन्। गएराति श्रीलंकाको रंगि ...

रुसमा जनसाङ्ख्यिकीय ...

एजेन्सी । क्रेमलिनले शुक्रबार रुसमा घट्दो जन्मदर उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved