आईसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित

  • जेठ २९, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । आईसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ।

सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि ४ रनको रोचक जित निकालेको हो। सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको ११४ रनको लक्ष्य भेट्न नसक्दा बंगलादेश ६ रनले पराजित भएको हो।

सोमबार न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १३ रन बनाएको थियो। ११४ रनको लक्ष्य पछ्याएको बंगलादेश पूरै

२० ओभर खेल्दै ७ विकेट गुमाएर १०९ रनमा समेटिएको हो। सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए। ४४ बलको सामना गरेका उनले दुई चौका र तीन छक्का प्रहार गरे। उसका लागि डेविड मिलरले २९, क्विन्टन डि ककले १८ रन बनाए।

बंगलादेशका तान्जिन हसन साकिबले तीन विकेट लिए भने ताक्षिक अहमेदले दुई र रिसाद हुसैनले एक विकेट हात पारे। ११४ रनको लक्ष्य पछ्याएको बंगलादेशका लागि तोहिद हृदयले सर्वाधिक ३७ रन बनाए। ३४ बलमा खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे।

जितका लागि अन्तिम ओभरमा छक्का प्रहार गर्दा आउट भएका मोहम्मदुल्लाहले २७ बलमा २० रन जोडे। कप्तान नजमुल होसेन सान्तोले २३ बलमा १४ रन बनाए। सामान्य लक्ष्य पछ्याएको बंगलादेशलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका लागि केशव महाराजले तीन विकेट हात पारे भने कागिसो रबाडा र एनरिच नोर्टजेले दुईदुई विकेट लिए। योसँगै विश्वकपमा दक्षिण अफ्रिका लगातार तेस्रो खेलमा विजयी भएको छ।

समूह ‘डी’को शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिकाले ६ अंक जोडेको छ। दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसमाथि जित निकालेको थियो। बंगलादेश तालिकाको दोस्रो स्थनमा छ। पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको बंगलादेश दोस्रो जितको खोजीमा छ।

समूह ‘डी’मा दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्याड्स, नेपाल र श्रीलंका छन्। नेदरल्यान्डस्ले दुई अंक जोडेको छ भने यो समूहमा नेपाल र श्रीलंका अंकबिहीन छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
काठमाडौँको बल्खुमा र ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज मंगलबार बल्खुमा आयोजना विशाल जनप्रदर्शन गरेक ...

सरकार नसुध्रीए बाल ...

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नसुध्रने हो भने बालुवाटार घेरेर भातपानी बन्द ...

आज काठमाडौंमा राप्रप ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार राजधानीमा विरोध प्रदर्शन गर्दैछ। विभिन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved