संसद् भवन परिसरमा मृत प्रहरी जवान गोलेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगियो

  • असार ६, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । संघीय संसद् ‍भवन परिसरमा मृत भेटिएका प्रहरी जवानको शव निधारमा गोली हानेको अवस्थामा भेटिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद्को सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान अजित गोलेको शव बुधबार बिहान शौचालयमा फेला परेको थियो । उनले शौचालयमा पसेर आफ्नो राइफलबाट निधारमा गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

गोली पड्केको आवाज सुनेपछि त्यहाँ खटिएका अन्य सुरक्षाकर्मीले शौचालयमा हेर्दा आफैंलाई गोली हानी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दान कार्कीले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् ।

उनका अनुसार अहिले प्रहरी जवान गोलेको शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
महिला एसिया कप : पह ...

                         तस्बिरः क् ...

हेर्नुस् २०८१ साल सा ...

काठमाडौं । आज २०८१ साल साउन ४ गते शुक्रबार तदनुसार सन् २०२४ जुलाई १९ तारिख। असार शुक्ल पक्षको त्रयोद ...

पथभ्रष्ट राजनीतिक मा ...

प्रकाश रायमाझी । विद्यमान राजनीतिक खिचातानी र अस्थिरताका कारण देशको अस्तित्व माथि नै प्रश्न उठ्न थाल ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved