पथभ्रष्ट राजनीतिक माफियाहरुलाई शुभकामना किन दिने ?

  • साउन ३, २०८१
  • कालापानी मिडिया
alt

प्रकाश रायमाझी । विद्यमान राजनीतिक खिचातानी र अस्थिरताका कारण देशको अस्तित्व माथि नै प्रश्न उठ्न थालेको छ । देश समृद्धितर्फ उन्मुख हुने सपना बाँडिएको धेरै समय बिते पनि जनताको समस्या झन्–झन् पेचिलो बन्दै गएका छन् ।

भ्रष्टाचारबाट दुर्गन्धित भएको कथित राजनीतिक माफियाहरूको सत्ता फेरबदलबाट आम नेपाली जनता उत्साहित हुनुपर्ने एवं बधाई र शुभकामना दिन तँछाडमछाड गर्नुपर्ने कुनै अवस्था छैन् ।

राष्ट्रको छविमा नै आँच आउने गरी भ्रष्टाचारमा संलग्न भनिएकाहरु माथि छानबिन हुनु त कता हो कता, सत्ताको चरम दुरुपयोग गरेर अनेक तिकडम लगाएर तिनलाई उन्मुक्ति दिएर फेरि सरकारमा समेत सहभागी गराइएको अवस्थामा नेपाली जनता किन खुसी हुने ? देशको दोहन गर्न र चरम भ्रष्टाचारका माध्यमले देशको मानमा आँच पु¥याउनेहरुलाई किन बधाई दिने ?

विगतका भ्रष्टाचारको छानबिन हुन सक्छ, मुद्दा चल्न सक्छ भन्ने त्रासका बीच भ्रष्टहरुलाई जोगाउन बनेको सरकारलाई बधाई र शुभकामना दिइरहनुपर्ने औचित्य पनि छैन् । पथभ्रष्ट राजनीतिक माफियाहरुले देशलाई अधोगतिमा पु¥याउँदा पनि हामीमा चेत खुलेन भने नेपालीले सार्वभौमसत्ता सम्पन्न जनता भनेर गौरव गर्ने अवस्था रहन्न ।

भ्रष्टहरूलाई कारबाही र बिचौलिया दलालहरूलाई ठेगान लगाउन नसकेसम्म यो राज्य व्यवस्था देश लुट्ने र ठग्नेहरूको निजी कम्पनीजस्तो मात्रै रहने छ । अमुक स्वार्थ पूर्ति गर्ने उद्देश्यले तल्लीन यी राजनीतिक माफियाबाट नेपाली जनता अब होसियार हुन विलम्ब गर्नु हुन्न। हरेक क्षेत्रमा बिचौलियाकरण र दलालीकरणले नेपाली जनता विक्षिप्त भएका छन् ।

यो संविधान र वर्तमान व्यवस्था यिनै लुटेराहरुका लागि स्वर्णभूमि बनेको छ । हामीले तिरेको रगत पसिनाको करमा राज्य आतंक फैलाउने सरकार तिनका मतियारसँग हामी सजग र सचेत भएनौं भने परिवर्तन ल्याउन झन्झन् कठिन हुँदै जानेछ ।

विदेशीले दास बनाएर टिक्ने सत्ता र तिनका मतियारबाट राष्ट्र, राष्ट्रियता र देशको स्वाधीनता अक्षुण्ण रहन सक्दैन ‌।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
वरिष्ठ क्यान्सर विशे ...

नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. भोला प्रसाद रौनियार अब विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडि ...

एयर इण्डिया : दुर्घट ...

काठमाडौं । भारतको गुजरातस्थित अहमदावादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। लण्डनका लागि उडे ...

दिलभुषणको पक्राउ पुर ...

काठमाडौं । नेपाली कांग्रेसका लोक प्रिय युवा नेता सांसद डा. सुनिल शर्माले पत्रकार दिलभुषण पाठकमाथि जा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved