गहताणी खोलाको बाढीले ब्रह्मदेब बजार डुबान,भिमदत्तका २ र १८ वडाका सयौं घर डुबानमा

  • श्रावण ६, २०८१
  • कालापानी मिडिया
alt

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रह्मदेब बजार डुबानमा परेको छ ।

चुरेबाट आउने गहताडी खोलाको बाढी पसेपछि बजार डुबानमा परेको हो । बाढीले बजार सहित आशपासका वस्ती पनि डुबानमा छन् ।

ब्रम्हदेबका स्थानीय ब्यापारी ललित जोशी भन्छन, गहताडी खोलाको सतह बृद्धि भएर ब्रम्हदेब गाँउमा आएको गाँउमा आएको वाढी बजारमा पुगेको हो ।, ‘अरु बेला यसरी  खोलाको सतह बृद्धि हुँदैन्थ्यो तर यस पटक खोलाको वहाव बढेर गाँउमा उल्टिएको छ ।’ हरेक पसलमा भल पसेर लुगा कपडा लगायत सरसमान भिजेर नास भएको छ,। जोशीले  आफ्नै पनि पसलभित्र पानी पसेर लाखौं को लुगा कपडा भिजेर काम नलाग्ने भएको बताए । 

उनले आफू लगायत ब्रम्हदेब सीमावर्ती बजारमा तीन सय पसल डुबानमा परेर व्यवसायीको लाखौँको समान भिजेर नष्ट भएको बताए ।

गहताडी खोलाको डुवानले ब्रम्हदेब बजार सहित आसपासका गाँउबस्ती, खल्लामछेट्टीमा समेत डुबान भएको छ । ब्रम्हदेब र खल्लामछेट्टीको विच भएर महाकालीमा मिसिने गहताडी खोला एक्कासी उर्लिएपछि खेतीयोग्य जमिन कटान, गाँउबस्ती बजार डुवानमा परेको हो ।

यस्तै भाँसी खोलाले भीमदत्त नगरपालिका २ जनज्योतीटोलदेखि भण्डारी टोलहुँदै निम्बुखेडासम्म तटिय क्षेत्रका स्थानीयका घर डुवानमा परेका छन । त्यस खोला छेउछाउका महुलिया सम्मका स्थानीय का घर दुबान मा परेका छन ।

उता कनकट्टी खोलाको पानी गाउँ पसेर भिमदत्त २ उल्टाखामक कनकट्टि खोला छेउछाउका घर डुबानमा परेको स्थानीय मनमोहन जोशिले बताए । उनले खोलामा बलुवा थुपारिए पछि खोला बस्ती पसेको तर यसतर्फ न बेदकोट नगरनपालिका न भिमदत्त नगरपालिकाले ध्यन दिएको गुनासो गरे । उनी भन्छन, यो खोलाले हरेक वर्ष गाउ घर डुबान गरेर सताएको छ,बाली नाली सबै बगाएर लैजाने, घर भित्रको अन्नपात समेत भिजाएर खान अयोग्य बनाउछ तर पनि यसतर्फ कसैको ध्यान नगएको बताउछ्न ।

IMG_20240721_170816 IMG_20240721_170706

IMG_20240721_170830 IMG_20240721_170619 IMG_20240721_170556 IMG_20240721_170537 FB_IMG_1721560380796 Messenger_creation_6c3c8cef-82ff-4859-b100-b0c9164c7ed1

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बडादशैँको टीका र जमर ...

काठमाडौं । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको ...

डडेल्धुरामा रात्रिबस ...

डडेल्धुरा: डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। कञ्चनपुरको महेन्द्रनगरदेखि ...

अब नयाँ दिल्लीमा आति ...

काठमाडौं । वायु प्रदूषण नियन्त्रण गर्न भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी पूर्ण प्रतिबन्धि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved