हेर्नुस् २०८१ साल साउन २४ गते बिहीबारको राशिफल

  • श्रावण २४, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८१ साल साउन २४ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट ८ तारिख। साउन शुल्क पक्षको चतुर्थी तिथि। विश्व भूसंरक्षण दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : आज सहजै धन आर्जन हुनेछ। स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ। परिवारको साथमा महत्तवपूर्ण काम बन्ने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। टाउको र आँखामा समस्या हुनसक्छ। परिवारसँगै बसेमा दिन सुखमय हुनेछ। सामाजिक क्षेत्रमा सुरु गरेको काम सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त हुनेछ।

वृष : आज सम्पत्ति आर्जन गर्ने दिन हो। लगानी गर्ने हिम्मत गरेमा सफलता मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। स्वास्थ्यमा देखिएको समस्याको समाधान हुनेछ। तपाईंको ग्रह बलियो भएकाले गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ।

मिथुन : आज हरेक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा मेहनत बढ्नेछ। आफन्तको बारेमा खराब खबर सुन्नुपर्ने हुनसक्छ। अप्रिय खबरले खानपानमा अरुची हुँदा स्वास्थ्यमा समस्या हुने देखिन्छ। बजारको खानपानमा ध्यान नदिँदा रोग बढ्न सक्छ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ।

कर्कट : तपाईंले सुरु गरेको काममा सफलता मिल्ने दिन छ। नयाँ योजना बन्नेछन्। यस्ता योजनाबाट जसबाट लाभ लिन सकिनेछ। पारिवारिक स्रोतको साथ र सहयोग रहनेछ। आफ्नै बोलीका कारण अप्ठ्यारोमा पर्ने जोखिम रहेकाले बोल्दा सचेत बन्नुपर्ने दिन छ।

सिंह : धनलक्ष्मी योग परेकाले मान, सम्मान प्राप्त हुनेछ। प्राविधिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। परिवारमा भने बौद्धिक विवाद हुने जोखिम रहेको छ। व्यवहार गर्दा कम बोल्नु फाइदा हुने दिन छ।

कन्या : सामाजिक राजनीतिक क्षेत्रमा, सभा समारोहमा भेटघाट बढ्नेछ। पुराना साथीसँगको भेटले मनमा खुशी बढ्नेछ। नियमित काममा जाँगर बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने भएकाले परिवारमा शान्ति छाउने दिन छ।

तुला : पारिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। मंगल कार्यमा सहभागी हुँदा खुशी मिल्ने योग छ। समाजसेवामा सक्रिय हुँदा व्यवहार बिग्रने जोखिम देखिन्छ। खानपानमा ख्याल नगर्दा पुरानो रोग बढ्ने खतरा हुनसक्छ।

वृश्चिक : राजनीतिक, सामाजिक क्षेत्रमा प्रगति हुनेछ। लगानीका स्रोत अब्बल रहेका छन्। वैदेशिक रमझमले मन तान्नेछ। व्यापारमा लगानी भए फाइदा हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

धनु : तपाईंले गरेको काम सफल बन्ने दिन छ। सबै झन्झटबाट मुक्ति मिल्नेछ। पैतृक सम्पत्तिको जगमा गर्ने कार्यबाट उत्साह र उमंग बढ्नेछ। पारिवारिक प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राज्यको सुरक्षा प्राप्त हुनेछ।

मकर : अनावश्यक गरिने खर्चले मन अशान्त हुनसक्छ। साथीसँगको संगतले मनमा शान्ति मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा तपाईंको कदर हुनेछ। वैदेशिक क्षेत्रमा लगानी भए सफलता मिल्नेछ। हरेक क्षेत्रमा पारिवारिकको साथ मिल्ने योग छ।

कुम्भ : साना कुराले मन अशान्त हुनेछ। झुटो आरोपको सामना गर्ने योग रहेको छ। नगरेको कामको भागिदार बन्नुपर्ने हुनसक्छ। शनिदेवको बक्रगति परेकाले शनिदेवको पूजा गर्नुपर्ने देखिन्छ।

मीन : आज खर्च र आम्दानी बराबर हुने दिन छ। श्रमको फल प्राप्त भए पनि आकर्षक नहुनसक्छ। राजनीति र सामाजिक क्षेत्रमा तपाईको प्रशंसा हुनेछ। नोकरीमा पदोन्नती हुने योग छ। धार्मिक क्षेत्रमा सहभागी भएमा मन शान्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आजबाट स्वस्थानी व्रत ...

काठमाडौं । आजबाट स्वस्तानी व्रतकथा सुरु भएको छ ।वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवताला ...

हेर्नुस २०८१ साल पुस ...

काठमाडौं । आज २०८१ साल पुस २९ गते सोमबार तदनुसार सन् २०२५ जनवरी १३ तारिख। पुस शुक्ल पक्षको पूर्णिमा ...

पृथ्वीनारायण शाहकै क ...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको योगदानकै कारण नेपालीले अहिले सार्वभौम र स ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved