काठमाडौं । हिमानी कोषले धापाखेल ललितपुर को नवकिरण बाल आश्रममा राहत वितरण गरेको छ ।
कोषले शुक्रवार श्री ५ मुमा बडामाहारानी रत्न राज्य लक्ष्मी देवी शाह सरकारको शुभ जन्मोत्सवको पावन अवसरलाई लक्षित गरी धापाखेल ललितपुर को नवकिरण बाल आश्रममा रहेका ४५ जना बालबालिकाहरुलाई रात्री खाना र १ महिनालाई पुग्ने रासन सामाग्री समेत वितरण गरेको हो ।
कोषकी कोषाध्यक्ष दिलाशा राज्य लक्ष्मी देवी राणाले आश्रमका अध्यक्ष आमा सावित्री पोखरेल लाई राहत सामग्री हस्तान्तरण गर्नु भएको आश्रमका महासचिव पारस पोखरेलले जानकारी दिए । उनले हिमानी कोषबाट मुमाको जन्मोत्सवमा बालबालिकाका लागि गरिएको यो सहयोगको खुलेर प्रसंशा समेत गरे ।
उनले भने उहिले उहिले हिमानी सरकारको जन्मोत्सव यतै मनाउथ्यौ ऐहिले फेरि ११ वर्ष पछि ट्रस्ट संग सहकार्य गर्न पाइयो धेरै खुसी लागेको छ, मुमालाई जन्मोत्सवको धेरै शुभकामना । मुमा बडामहारानीको जन्मोत्सव को कामनामा आश्रमका बालबालिकाले स्वस्ती वाचन सहित दिप प्रज्वलन पनि गरेका थिए ।
कोषले २० केजीका दरले ३० बोरा चामल, मुसुरो दाल १०० केजी, ३० केजी चिनी, ६० लिटर तेल, ३० केजी नुन, क्वाटी २० केजी, सोयाविन मस्यौरा २ बोरा, जीरा ३ केजी, धनिया ६ केजी, मासको दाल २५ केजी,बेसार २ केजी हस्तान्तरण गरेको हो ।
कोषले देशभर बालबालिकाकालागी विभिन्न स्कुल,स्थानीयनिकाय तथा विभिन्न संघ संस्थाहरु संग सहकार्य गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved