मोडर्न कन्या कलेजमा रमाइलो तीज उत्सव सम्पन्न

  • भदौ १५, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौंको भीमसेगोल स्थिति मोडर्न कन्या मल्टिपल कलेज मिलन चौतारी बानेश्वरको आयोजनामा " हाम्रो तीज राम्रो तीज" कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कलाकार साहित्यकार गीतकार गायिका र नायिका पत्रकारहरुको विशेष उपस्थिति रहेको थियोे । कार्यक्रम मा वरिष्ठ कलाकार रश्मि भट्ट , चर्चित नायिका अनु शाह , चर्चित गायिका रीतु कडेल , प्रथम महिला निर्देशक तथा सन्चारकर्मी सुचित्रा श्रेष्ठ , नेपाल पूजीबजार लगानी कर्ता संघ कि अध्यक्ष राधा पोख्रेल वरिष्ठ पत्रकार रोजी पराजुली , प्रेस युनियनकि केन्द्रीय सदस्य कल्पना शर्मा वरिष्ठ पत्रकार अनुपमा जोशी , टेलिभिजन पत्रकार सृजना मिश्र , रेडियो नेपालकि उषा लोहनी , पर्यटन व्यावसायिक प्रतिक्षा पुरी , मोडल एना कि अध्यक्ष खुशी पाठक , सहकारी अभियन्ता सरिता थापा लगायतका विभिन्न समाजसेवी महिला लगायत कलेज परिवार बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।

कलेजका अध्यक्ष वरिष्ठ साहित्यकार डा.रामप्रसाद दाहालले तीजको मह्त्व र सस्कृतिक पक्ष माथी प्रकाश पारेका थिए । सञ्चालाक समितिकि सदस्य तथा प्रा कल्पना खनालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा छात्राहरूले तीज नृत्यहरु पस्किएका थिए ।

सहभागी पाहुनाहरु पनि सामुहिक तीज नृत्यमा सहभागी भएका थिए । कार्यक्रममा कलेज परिचय बिमोचन गरिएको थियो भने नायिका अनु शाहलाई सो अवसरमा सम्मान गरिएको थियोे ।

कार्यक्रममा पूर्व प्रशाशक श्याम दाहाल पृन्सिपल सबिन पोख्रेल, कमलनेत्रका पृन्सिपल ज्ञानेन्द्र भट्टराई , कलेज बिधालयका मेडमहरु बोलबमका अध्यक्ष छबिलाल मण्डल,समाजसेवी शुनिता केसी पोख्रेल अन्जना अधिकारी , लगायतको उपस्थित रहेको सो कार्यक्रमको उदघोसन उप प्रा कोपिला कोइरालाले गर्नु भएको थियो भने कार्यक्रमको समाप्ति पछी तीज दर खाएर चेलीहरु घर गएका थिए ।

तीज दरको सौजन्य साहित्यकार तथा शिक्षासेवी रमेशमोहन भट्टराई "भान्दाइ"ले गरिदिनु भएको जानकारी दिइएको थियोे । कार्यक्रम १ बजे देखि ५ बजे सम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
एमाले केन्द्रीय सचिव ...

काठमाडौं । एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दै छ। बैठकमा दुईवटा एजेन्डामा केन्द्रित रहेर छलफल हुन ...

सरकारले आज कास्य पदक ...

काठमाडौं । सरकारले आज पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार दिने भएको छ। ...

टेक्सासमा कन्सुलर क ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले टेक्सासम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved