भोलिदेखि नेतृत्वविहीन बन्दै नेपाल प्रहरी

  • चैत ३, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल प्रहरी भोलिदेखि नेतृत्वविहीन बन्दैछ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अवकाशमा जान एक दिन अघिसम्म पनि भावी महानिरीक्षकको टुंगो लागेको छैन।

प्रहरीको ३१ औं प्रमुख चयनलाई राजनीतिक दाउपेचको विषय बनाइँदा ढिलाइ भएको छ। झन्डै ८० हजार जनशक्ति रहेको आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी भोलिबाट नेतृत्वविहीनको अवस्थामा छ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर ३० वर्ष सेवाअवधि पुरा गरेर भोलि अर्थात् चैत ४ गते अवकाशमा जान लागेका हुन्। तर, आन्तरिक सुरक्षा र अपराध नियन्त्रणको जिम्मेवारी पाएको प्रहरीमा आगामी नेतृत्व कसलाई दिने भन्ने सरकारले अझै टुंगो लगाएको छैन। सम्भवतस् भोलि बस्ने मन्त्रीपरिषद्को बैठकले भावी आइजीपीको टुंगो लगाउने छ।

अवकाशमा जाने एक महिना अघि नै विदामा बसेर नयाँ आउने नेतृत्वलाई संगठन बारे बुझ्न निमित्त दिने परम्परा नेपाली सेनामा छ। तर प्रहरीमा भने राजनीतिक दाउपेच र प्रतिस्पर्धीबीचको अस्वस्थ प्रतिस्पर्धा गराउने सरकारी नियतका कारण अझै भावी महानिरीक्षक को बन्ने भन्ने टुंगो नलागेको हो।

३१ औं प्रहरी महानिरीक्षकका लागि अहिले तीन एआइजी दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
चोकरयुक्त गहुँको रोट ...

गहुँको रोटी हाम्रो समाजमा वर्षौंदेखि मुख्य भोजनका रूपमा रहँदै आएको छ। ​गहुँको पिठो (खासगरी चोकरसहितक ...

अतिक्रमित जग्गामा बन ...

काठमाडौँ- सरकारले अतिक्रमित जग्गामा बनेका संरचना हटाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा सर्कुलर ज ...

सार्वजनिक खरिदसम्बन् ...

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेललेसार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved