स्वदेशी उद्योग, कलकारखानाको संरक्षण गर्न नेपाल डेरी एसोसिएसन र नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघको आह्वान

  • वैशाख ३०, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल डेरी एसोसिएसन र नेपाल कृषि तथा पशुपन्छि व्यवसायी संघले स्वदेशी उद्योग, कलकारखानाको संरक्षण गरी अगाडी बढ्न सरोकारवालाहरु संग आह्वान गरेका छन ।

मंगलबार एक संयुक्त बिज्ञप्ती निकाल्दै उनिहरुले बाह्यिय कम्पनी भन्दा पनि स्वदेशी कम्पनीलाई प्रोत्साहन गर्न माग गरेका हुन । बिज्ञपति मार्फत सबै दुग्ध व्यवसायी र कृषि क्षेत्रका व्यक्ति विशेषलाई अव्हान गरि बृहत्तर दुग्ध क्षेत्रको विकासमा लाग्न आह्वान गरिएको छ ।

यसैगरी स्वदेशमै स्वदेशी लगानी गरी समग्र नेपाली किसान, उद्योग र उपभोक्ताको हित हुने गरी दुग्ध क्षेत्रको लगानी संरक्षण गर्दै दुग्ध क्षेत्रमा सबैलाई भविष्य खोज्न पनि आह्वान गरिएको छ ।

हेरौं बिज्ञपति जस्ताको त्यस्तै,

“दुग्ध क्षेत्रमा बहुराष्ट्रिय कम्पनी होइन, नयाँ प्रविधि र सोचको आवश्यकता २००९ सालमा काभ्रेको नाला टुसालबाट व्यवसायिक रुपमा दुग्ध क्षेत्रको विकास शुरु भएको आज सात दशकभन्दा बढी भएको छ । यो सात दशकको अन्तरालमा दुग्ध क्षेत्रको विकास राम्रै भएको छ । देशमा अहिले दैैनिक ६२ लाख लिटर दुध उत्पादन भईरहेको छ । दैनिक ७ करोड रकम शहरबाट गाउँसम्म पुगेको छ । ६ लाख कृषक परिवारले प्रत्यक्ष रोजगार पाएका छन् । उद्योग स्तरमा ४० हजार भन्दा बढीले रोजगार पाएका छन् भने अरु लाखौं जनाले अप्रत्यक्षरुपमा रोजगार पाएका छन् । देशभर १८७२ वटा सहकारीले दुध संकलन केन्द्र सञ्चालन गरिरहेका छन् भने त्यति नै संख्यामा निजी क्षेत्रले पनि संकलन गरिरहेका छन् । यसबाट पनि लाखौं जनाको रोजगारी सृजना भएको छ । निजी क्षेत्रमा झण्डै ५० अर्वभन्दा बढी लगानी भएको छ भने सहकारी र सरकारी डि.डि.सी.मा समेत गरेर झण्डै १ खर्वभन्दा बढी लगानी भएको छ । स्वदेशमै ७ वटा धुलो दुध कारखानाको स्थापना भईसकेको छ भने अरु थपिने क्रम बढ्दै छ । बर्षेनी डेरी क्षेत्रमा स्वदेशी लगानी बढ्दो छ । अहिले देशभर साना ठूला गरेर झण्डै १००० वटा जति डेरी उद्योग रहेका छन् भने घरेलु डेरीको संख्या ६ हजार हारहारीमा रहेको छ । यसले स्वरोजगार सृजना भएको छ । हाल दैनिक २ हजार जना विदेशीने क्रम भएको अवस्थामा यसले केही मात्रामा भए पनि विदेशीन रोकेको छ । अहिले पछिल्लो २-३ वर्ष देखि देशमा जनसंख्या घट्ने, आर्थिक मन्दी, रोजगार नहुनु, शहर देखि गाउँ बसाई सराई बढनु आदि विभिन्न समस्याहरु एकै पटक भएर स्वदेशी दुध तथा दुग्ध पर्दाथ खपत कम हुँदा उत्पादित दुध सबै दैनिक खपत हुन नसक्दा किसान बचाउन उद्योगीले दुध फाल्नुभन्दा लामो समयसम्म टिकाउन धुलो दुध बनाउँदा चाहिने भन्दा बढी स्टक हुन जाँदा उद्योगको चालू पूँजी सकिएको, थप ऋण नपाएको आदि विभिन्न कारणहरुले किसानको झुक्तानी समयमै हुन नसकेको कारण किसानलाई मार परेको कुरा सबैले मनन् गरेको कुरा हो । यसमा उद्योगीको कुनै दोष छैन । यदि कुनै उद्योगीले जानीजानी किसानको पैसा नतिरेको र केही अन्य समस्या भए सोही उद्योगीलाई कारवाही गर्नु पर्दछ । तर यहाँ त सबै डेरी उद्योगले पैसा तिरेनन्, अब अन्र्तराष्ट्रिय कम्पनी ल्याँउने, दुध बेच्ने आदि इत्यादी कुराहरु बजार र केही मिडियामा सुन्नमा आएकोले नेपाल डेरी एसोसिएसन र नेपाल कृषि तथा पशुपछीं व्यवसायी संघको गम्भीर ध्यानाकर्षण भएको छ । हामी दुग्ध क्षेत्रमा संलग्न सबै र अन्य कृषि क्षेत्रका गरेर झण्डै सयवटा संघ संस्थाले समग्रमा कृषि क्षेत्रमा नै विदेशी लगानी ल्याँउनु हँुदैन अझ आत्मानिर्भर उन्नमुख र आत्मानिर्भर भएका क्षेत्रमा विदेशी लगानी ल्याएने होइन बरु नयाँ नयाँ प्रविधि ल्याउन राज्यले सहयोग गरि स्वदेशी लगानी बढाउने र बाहिर देशमा निर्यात गर्ने भन्ने लक्ष्य राखी आन्दोलन गरिरहेका थियौं । आज पनि हामीले स्वदेशी उद्योग, कलकारखानाको संरक्षण गरी अगाडी बढ्दा नै हामी सबैको हित हुन्छ । आफ्नो देशका उद्योगले केही गरेरन् अब बहुराष्ट्रिय उद्योग ल्याँउदा नेपाली किसान, उद्योग र उपझोक्ताको हित हुने कुरा आजभन्दा अगाडी स्वदेशीमा सञ्चालनमा भएका बहुराष्ट्रिय कम्पनीका उदाहरण हेरेर पनि बुझ्न सकिन्छ । बहुराष्ट्रिय कम्पनी आँउदा स्वदेशमा भएका साना, मझौला र घरेलु उद्योग सकिने र ठूला उद्योग पनि केही समय पछि प्रतिस्पर्धा गर्न नसकी बन्द हुने नै हो । यसको जवलन्त उदाहरण भनेको हाङसी सिमेन्ट उद्योगलाई लिन सकिन्छ । दुग्ध क्षेत्रमा बहुराष्ट्रिय कम्पनी आउदाँ साना र निर्वाहमुखी किसान पलायन हुने निश्चित छ । त्यस कारण “आफ्नो खुट्टामा आफैंले बन्चरो हान्ने” भने झैं यस्ता आफैंलाई हानी हुने कुरामा लाग्नुभन्दा देशभरका सबै सरोकारवाला दुग्ध व्यवसायीहरु एक ठाउँमा बसी उचित निकास निकाली समग्र दुग्ध क्षेत्रको हितमा लाग्नु नै आजको मुख्य आवश्यकता हो । त्यसकारण बरु सबै दुग्ध व्यवसायी र कृषि क्षेत्रका व्यक्ति विशेषलाई अव्हान गरि बृहत्तर दुग्ध क्षेत्रको विकासमा लागौं र स्वदेशमै स्वदेशी लगानी गरी समग्र नेपाली किसान, उद्योग र उपभोक्ताको हित हुने गरी दुग्ध क्षेत्रको लगानी संरक्षण गर्दै दुग्ध क्षेत्रमा सबैको भविष्य खोजौं ।

प्रल्हाद दाहाल अध्यक्ष नेपाल डेरी एसोसिएसन

9851095127

श्रीकृष्ण भण्डारी

महासचिव

नेपाल कृषि तथा पशुपन्छि व्यवसायी संघ

9851241823   

मिति : २०८२ / ०१/ ३०

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved