सुदूरपश्चिमका कलाप्रेमीका मुटुका ढुकढुकी तिलकसिंह पेला २३ वर्षपछि नयाँ गित ल्याउँदै

  • पुस २०, २०७६
  • कालापानी मिडिया
alt

गायक तथा संगीतकार तिलकसिंह पेलाले २३ वर्षपछि आँसु एल्बमको तेस्रो भाग ‘निर्जन किनार’को प्रोमो सार्वजनिक गरेका छन्। लामो समयदेखि शास्त्रीय संगीतमा साधनारत पेलाले शनिवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत आँसु–३ सार्वजनिक गरेका हुन्।

आँसु– ३ मा २ वटा नेपाली गजल, ४ वटा आधुनिक गीत, एउटा हिन्दी भजन गरी ८ वटा रचना समावेश गरिएको गायक पेलाले बताए। तीमध्ये ‘निर्जन किनार’ र ‘कथा एउटै तिम्रो मेरो’ गीतको कार्यक्रममा प्रोमो सार्वजनिक गरिएको हो। विक्रम संवत् २०५३ सालमा आफ्नै गायन तथा संगीतमा आँशु एल्बम बजारमा ल्याएका गायक तथा संगीतकार पेलाले २०५४ सालमा आँसु भाग २ ल्याएका थिए। विक्रम संवत् २०६१ सालदेखि काठमाडौं वनस्थलीमा श्रीकृष्ण गुरुकुल संगीत पाठशालाको स्थापना गरी उनी शास्त्रीय संगीत साधनामा लागेका छन्। एल्बम पुस २६ गते औपचारिक समारोहबीच सार्वजनिक हुने भएको छ।

को हुन् पेला ?

झण्डै २ दशक अगाडी सम्म सुदुरपश्चिमको कलाकारले आधुनिक गित गाउँछु भन्दा साङगितिक क्षेत्रका धेरै हस्तीहरुले समेत मजाकको विषय बनाउथे । सुदुरपश्चिममा उदाएका कलाकारहरुले देउडा गित बाहेक अन्य गितमा छाप छोड्न सक्दैनन भन्ने मानसिकता पनि थियो । सोही बेला २०५४ सालमा बैतडीबाट भारतको बाटो हुँदै आधुनिक गित रेकर्ड गराउनका लागी राजधानी पुगेको दाईभाईको एउटा साङगितिक जोडीलाई पनि धेरैले सुदुरपश्चिमको कलाकारले पनि आधुनिक गित गाउन सक्छ र ? भनेर हाँसोको विषय बनाए । तर साधना, चिन्तन र अनुशासनका त्रिवेणी सङ्गीतकार तथा गायक तिलकसिह पेला र उनका दाई गितकार कृष्णसिंह पेलाले भने सुदुरपश्चिमको कलाकारले आधुनिक गित गाउन सक्दैनन भन्ने मानसिकता तोड्ने प्रण लिईसकेका थिए । लुकाउन खोज्दा पनि आसु नखसेको होईन बोलको गित आधुनिक सङ्गीतमा निकै चल्तीको गितको सुचिमा पर्छ । यहि गितका श्रष्टा हुन गायक तथा संगितकार तिलकसिह पेला र उनकै दाई गितकार कृष्णसिंह पेला ।

२०५४ सालमा निकालीएको आसु एल्वममा समेटीएको यो गितसंगै अन्य गितले पनि नेपाली आधुनिक सङ्गीतमा तरंग ल्याएको थियो । बैतडी जिल्लाको दशरथचन्द नगरपालिका, वडा नम्वर ६ मा जन्मीएका पेला दाजुभाईको नाम त्यतिबेला नै सुदुरपश्चिमबाट आधुनीक एल्वम निकाल्ने पहिलो कलाकारको सुचिमा प¥यो । काठमाडौँमा सङ्गीत विधामा ‘सङ्गीत प्रवीण’ तह र भारतको इलाहावाद स्थित प्रयाग सङ्गीत महाविद्यालयबाट सङ्गीतमा ‘आचार्य’को उपाधि प्राप्त गरेका गायक तथा सङ्गीतकार तिलकसिंह पेलालाई साङगितिक क्षेत्रमा लाग्ने जागर र जोस भने जन्मथलो बैतडीमा हुने रामलिलाबाट प्राप्त भएको हो । गाउँघरमा आयोजना हुने रामलिलाले गायक तथा संगितकार तिलकसिह पेलालाई शास्त्रीय संगितमा रुची बढायो भने उनका दाई कृष्णसिह पेलालाई शास्त्रीय सङ्गीतका मार्मीक शव्द लेख्ने जागर दियो ।

सरल जीवनशैली, मिठासपूर्ण व्यवहार अनि निरन्तर साधनााका त्रिवेणी पेला दाजुभाईले आफ्नो साङ्गीतिक जीवनको औपचारिक सुरआत ‘आँसु (भाग– १)’ नामक एल्बमबाट २०५४ सालमा गरे। पछि ‘आँसु’को दोस्रो भाग पनि सार्वजनिक गरे भने आफ्नो जन्मभूमिप्रति समर्पित गरेर ‘विछोडको आँसु’ नामक सङ्गीत एल्बम मातृभाषामै सार्वजनिक गरे। भगवानले पारीवारीक सम्वन्ध बनाएर धर्तीमा जन्म दियो, त्यसलाई साङगीतीक यात्रामा पनि संगै लैजाने निधो गरेको पेला दाजुभाईको भनाई छ। दाई कृष्णले लेखेका मार्मीक शब्दलाई संगित दिदै आफ्नै सुमधुर स्वरमा श्रोता समक्ष पस्कने काम तिलकले गर्दै आएका छन्।

भनिन्छ, जीवन नै सबैभन्दा उत्तम पाठशाला हो सायद यही सत्यताले गर्दा होला, सङ्गीतका क्षेत्रमा काम गर्दागर्दै शास्त्रीय सङ्गीतको औपचारिक तथा गहन रूपमा सैद्धान्तिक र व्यावहारिक ज्ञान आवश्यक रहेको महसुस गरेका तिलक सिह पेलाले डेढ दशक अगाडीदेखी काठमाडौमा सङ्गीत साधनामा तल्लिन रहेका छन्। सङ्गीत–नक्षत्र तिलकसिह पेला, काठमाडौँमा ‘श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशाला’ स्थापना गरी सङ्गीत शिक्षाको ज्योति छरिरेका छन भने गितकार कृष्णसिह पेला अहिले धनगढीमै जागीर गरिरहेका छन्। जस्ले गर्दा लामो समयदेखी पेला दाजुभाईले श्रोतालाई नयाँ गित दिन नसके पनि थुप्रै शास्त्रीय संगितका भविष्य बनाउने काम भने संगित पाठशाला मार्फत गरीरहेका छन्।

आफ्नो तीन वटा एल्वमसंगै प्रख्यात गजलकार तथा गीतकारहरूका थुपै्र गीत–गजलमा सङ्गीत दिइसेका पेलाको, भविष्यमा अझै उत्कृष्ट शास्त्रीय सङ्गीत एल्बम तथा सुदूरपश्चिमेली लोक संस्कृतिका एल्बम श्रोतामाझ ल्याउने योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved