राजेन्द्र लिङ्देनले भने जता लग्यो तेतै हिड्ने, हामी तपाईहरुको गोठको गोरु होइनौ (भिडियो सहित)

  • फागुन २८, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा लोकप्रिय नेता राजेन्द्र लिङ्देनले अवका दिनमा नेताहरुको जुंगाको लडाईका पछि नलाग्ने घोषणा गरेका छन् ।
राप्रपा नेपाल र राप्रपा संयुक्तको एकता कार्यक्रममा बुधबार लिङदेनले पटक पटक फुट्दै र जुट्दै गरेको राप्रपाका नेतृत्वको व्यक्तिगत स्वार्थका कारण कार्यकर्ताले निकै दुख पाएको भन्दै अव कोही पनि कार्यकर्ता नेर्तत्वको पछि भन्दा पनि बिचारको पछि लाग्नु पर्ने बताएका हुन् ।

नेता लिङ्देनले राप्रपाकै नेताहरुको स्वार्थ र झगडाका कारण नेपालमा गणतन्त्र धर्म निरपेक्षा आएको भन्दै कमल थापा, पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्द, स्वर्गीय सूर्यबहादुर थापाको आलोचना गरे । उनले आफ्नै पार्टीका नेताको स्वार्थको लडाईले राजतन्त्र र हिन्दु राष्ट्रको अन्त्य भएको भन्दै त्यसको फाइदा काँग्रेस र कम्युनिष्टले उठाएको बताए ।

उनले तिनै जना अध्यक्षलाई प्रश्न गर्दै भने, मेरो कुरा सुनि राख्नु भएको छ की छैन ?, ‘तपाईहरु नजुधेको भए, तपाईहरुले हामीलाई नजुधाएको भए, हामीलाई गाईगोरुजस्तो लुरुलुरु पछि नहिँडाएको भए यो मुलुकमा गणतन्त्र आउँथ्यो रु संघीयता आउँथ्यो ?’ २०४६ सालमा बहुदल आउनासाथै राप्रपा विभाजित भएको स्मरण गर्दै लिङ्देनले अझै पनि राप्रपाका नेताहरुमा चेत नपलाएको बताए ।

उनले भने, ‘तपाईहरुले आफूलाई मात्र बर्बाद गर्नुभएन, मुलुकलाई पनि बर्दाद गर्नुभयो, बहुदल आउँदा तपाईहरुले कांग्रेस–उनले भने कम्युनिस्टको विकल्प दिनुहुन्छ भनेर आशा गरेका थिए, दिनसक्नुभएन, मुलुक यो स्थितिमा पुग्यो, अब पनि चेत आउनुपर्दैन ?’
अहिलेको एकता राप्रपाको नेतृत्वका लागि अन्तिम अवसर भएको बताउँदै लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति आस्था राख्नेका लागि मात्रै नभएर देशलाई माया गर्ने देशभरका जनताका लागि धोका दिने काम नगर्न आग्रह गरे । यस्तो मौका अब नआउने भन्दै उनले झगडा नगर्ने प्रतिवद्धता गर्न नेताहरुलाई सुझाव दिए ।

दुई राप्रपा एकीकरण हुने र त्यसको अध्यक्ष कमल थापा, पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनीले गर्ने प्रारम्भिक सहमतिपछि राप्रपाका शुभचिन्तक हजारौंले कमल, पशुपति, प्रकाशलाई अध्यक्ष बनाउन नहुने, राजेन्द्र लिङ्देनलाई बनाउनुपर्ने आवाज उठाइरहेका छन् । दुवै राप्रपा आज औपचारिकरुपमा एक भएका हुन् । यसका नेताहरुले भने आफूहरुले विगतमा जस्तो गल्ती नगर्ने र विभाजित नहुने दावी गरिरहेका छन् ।

भिडियोका लागि यहाँ क्लिक गर्नुस् 

https://www.youtube.com/watch?v=0tAbbh7H83k

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved