मुलुकको आर्थिक अवस्था सन्तोषजनक छैन

  • साउन २७, २०७८
  • कालापानी मिडिया
alt

हाम्रो कालापानी संवाददाता । काठमाडौं । मंगलबार देउवा सरकारले मुलुकको आर्थिक अवस्था समेटेर श्वेतपत्र सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेश गरेको स्वेतपत्रका अनुसार मुलुकको आर्थिक अवस्था सन्तोषजनक छैन । कोरोना महामारीका कारण विगत तीन वर्षमा सार्वजनिक ऋण २ सय ५० प्रतिशतले बढेको छ । सरकारी कोष घाटामा छ भने आर्थिक अनुशासन पनि खल्बलिएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको स्वेतपत्रका अनुसार विगत ३ वर्षमा मुलुकको सार्वजनिक ऋण अचाक्लि नै बढेको छ । कोरोना संक्रमण फैलिनु अघि बर्थात, ३ वर्ष अघि करिब ७ खर्ब मात्रै रहेको ऋण अहिले बढेर १७ खर्ब २९ अर्ब पुगेको छ । यस आधारमा हरेक नेपालीको टाउकोमा ऋणको भार ५७ हजारभन्दा माथि पुगेको छ । यसरी ऋण लिइएको रकम गतिलोसँग सदुपयोग भने भएको छैन । जसको उदाहरण हो यति ठुलो रकम ऋण लिँदा पनि आर्थिक वृद्धिमा सफलता प्राप्त नहुनु । बरु ऋणको साँवा र व्याजमा ठुलो रकम खर्च गर्नुपर्ने अवस्था छ ।

३ वर्षमा सरकमारले स्वदेश विदेशबाट ठुलो रकम ऋण लिए पनि सरकारी कोष भने घाटामा छ । २०७४ मा तत्कालिन सरकारले जारी गरेको श्वेतपत्रमा सरकारी कोष ४८ अर्बले सञ्चित घाटामा रहेको उल्लेख थियो । तर, त्यसमा सुधार आउनुको साटो घाटा बढ्ने क्रम रोकिएन । र कोष अहिले झण्डै डेढ खर्व घाटामा पुगेको छ । विकास खर्च गर्न नसक्ने अवस्थामा पनि सुधार आउन सकेको छैन । स्वेतपत्रका अनुसार एकातिर साधारण खर्च बढिरहेको छ भने अर्कातिर विकास खर्च हुन सकेको छैन । यसको प्रत्यक्ष असर आर्थिक वृद्धिमा परेको छ । विनियोजित बजेट खर्च हुन नसकिरहँदा वर्सेनी बजेट भन्दा बाहिर गएर स्रोत सुनिश्चितता सहमति पनि दिइएको छ । यसले बजेटप्रतिको विश्वंसनियतामै प्रश्न उठ्ने गरेको अर्थमन्त्री शर्माको भनाई छ । अझै पनि मुलुकको १८ प्रतिशत भन्दा बढी जनसंख्या गरिबीको रेखामुनि छ । कोरोना महामारीले गरिब र सीमान्तकृत समूह सबैभन्दा बढी जोखिममा छ र गरिबी अनि बेरोजगारी बढ्ने क्रम तिब्र छ ।

अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रको फेहरिस्त पेश गर्दै अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट परिमार्जन गर्ने जनाए । उनले सार्वजनिक गरेको स्वेतपत्रका अनुसार अहिले मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको छ । निर्यातको कमजोर आधार र उच्च आयातका कारण व्यापार घाटा फराकिलो हुँदै गएको छ । आर्थिक बेथिति बढेको छ । बर्षभरी उठेको राजश्वले साधारण खर्च समेत नधान्ने अवस्था आएको छ । यस्तोमा ऋणमा व्यापक वृद्धि, आयात र उपभोग केन्द्रित अर्थतन्त्रबारे अर्थमन्त्री शर्माको चिन्तालाई सहि भन्नुपर्छ । यदि यसबारे वर्तमान सरकार साँच्चिकै गम्भीर हुने हो भने यो वर्ष साधारण खर्च कम से कम एक खर्ब घटाउँछु भनेर गरेको उनको आट स्वागत योग्य छ । तर शर्माको स्वेत पत्र पनि अरु पुरानो अग्रगामी स्वेत पत्रजस्तो गफ नहोस ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved