राष्ट्र बैंकद्वारा अर्थतन्त्रका नकारात्मक सूचकको बचाउ

  • पुस ८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । अर्थतन्त्रका सूचकहरु पछिल्लो समय नकारात्मक बनिरहँदा नेपाल राष्ट्र बैंकले भने त्यसको बचाउ गरेको छ। केन्द्रीय बैंकले अर्थतन्त्रको पुनरुत्थान हुने काम भइरहेकोले केही सूचकहरु तलमाथि भएको बताएको हो। 

पछिल्लो समय तरलता अभावले बैंकिङ क्षेत्रलाई पिरोलेको छ। चालू आर्थिक वर्षको सुरुदेखि नै लगानीयोग्य रकमको अभाव देखिएको छ। अहिलेसम्म बैंकहरुले मागअनुसारको कर्जा प्रवाह गर्न सकिरहेका छैनन्। तर नेपाल राष्ट्र बैंकले अर्थतन्त्र पुनरुत्थानको क्रममा आयात र कर्जा वृद्धिदर उच्च रहँदा तरलता अभाव भएको जनाएको छ। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकले यसको समाधान गर्ने प्रक्रिया अपनाइरहेको बताउँछन्। 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पुस ५ सम्म स्थायी तरलता सुविधामा २५ खर्ब रुपैयाँ, ओभरनाइट रिपोमार्फत ६९ अर्ब रुपैयाँ, रिपोमार्फत २ खर्ब २० अर्ब रुपैयाँ र सोझै खरिदमार्फत २७ अर्ब रुपैयाँ प्रवाह गरेको गभर्नर अधिकारीले बताए। 

नेपाल राष्ट्र बैंकले यसो भने पनि सबै उत्पादनमूलक क्षेत्र तथा अर्थतन्त्र पुनरुत्थान हुने क्षेत्रभन्दा पनि उपभोग्य क्षेत्रको कर्जा प्रवाह बढी भइरहेको नेपाल राष्ट्र बैंकको तथ्याङकले बताउँछ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा उपभोग्य क्षेत्रमा मात्रै ६ खर्ब २७ अर्ब रुपैयाँ कर्जा वितरण भएको छ। जुन गत वर्षको तुलनामा ४ खर्ब ७४ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह हो। सोही कारण तरलता प्रवाहमा समस्या सिर्जना भएको देखिन्छ। 

केन्द्रीय बैंकले कर्जा निक्षेप अनुपात अर्थात् सीडी रेसियो ९० प्रतिशत कायम राख्नुपर्ने व्यवस्थालाई असारसम्म गरे हुने व्यवस्था मिलाइदिएको छ। 

यसबाहेक पुनर्कर्जा सुविधाअनुसार ९२ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ। जसमा यही हप्ता ५२ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने तयारी भएको जनाएको छ। त्यस्तै ४० अर्ब रुपैयाँ यही महिनाभित्र बैंकिङ प्रणालीमा पठाउने जनाएको छ। 

नेपाल सरकार स्थानीय तहको निक्षेपको ८० प्रतिशत बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरिदिएको छ। ब्याजदर केही बढेकोले निक्षेप संकलनमा वृद्धि भई अनावश्यक कर्जाको मागमा केही कमी आउने कार्य गराउन सोहीअनुसारको नीतिनिर्माण गरिएको केन्द्रीय बैंकले जनाएको छ। 

विदेशी विनिमय सञ्चिति घटेकोबारे पनि राष्ट्र बैंकले मुख खोलेको छ। नेपालमा निरन्तर बढिरहेको वस्तु आयात र त्यसको भुक्तानी गर्न कर्जा प्रवाह उच्च रहेकोले मुद्रा सञ्चितिमाथि दबाब परेको राष्ट्र बैंकको भनाइ छ। निक्षेपको वृद्धिदर कोभिडपूर्वको अवस्थामा रहे पनि कर्जाको वृद्धिदरभन्दा कम रहेकोले तरलता अभावको अवस्था सिर्जना भएको राष्ट्र बैंकको भनाइ छ। 

यी अहिले देखिएका समस्या नेपालको यो पटक मात्र नभई बारम्बार दोहोरिने गरेको राष्ट्र बैंकको भनाइ छ। गभर्नर भन्छन्, ‘नेपाल राष्ट्र बैंक पनि आफ्नो पोलिसीमार्फत समाधानको बाटो खोजिरहेको र नेपाल सरकारको आर्थिक सल्लाहकार भएको कारणले गर्दा सोहीअनुसारको सुझाव पनि दिइरहेको छ।’

स्वदेशी मुद्रा बाहिर परिवत्‌र्य नभएको अवस्था, कमजोर निर्यात, आयातमाथि निर्भरता बढिरहेको सन्दर्भमा यी दुवै समस्या बेला–बेला देखिने गरेको राष्ट्र बैंकको भनाइ छ। 

त्यस्तै शोधनान्तर घाटाबारे पनि केन्द्रीय बैंकले मुख खोलेको छ। त्यही भएर आयातमा कडाइ गर्नुपरेको उसको भनाइ छ। चाँदीको आयात गर्नको लागि विदेशी मुद्राको उपलब्धतामा सीमा तोकिएको, केही वस्तुको आयातमा शतप्रतिशत र नगद मार्जिनको व्यवस्था गरिएकोले अब शोधनान्तर घाटा क्रमशः पूर्ति हुँदै जाने केन्द्रीय बैंकको भनाइ छ। 

त्यस्तै गैरआवासीय नेपालीलाई विदेशी मुद्रामा बैंक खाता खोल्नसक्ने व्यवस्था गरिएको, वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई विदेशी मुद्रा कटौती गरिएकोले आत्तिन नपर्ने राष्ट्र बैंकको भनाइ छ।

यसबाहेक विदेशी ऋण ल्याउन पाउने व्यवस्थालाई थप सहजता गराउँदै गएको तथा विदेशी ऋण ल्याउन सहजता प्रदान गरिएको जस्ता नीतिगत व्यवस्थाले वर्तमान अवस्थामा सुधार आउने राष्ट्र बैंकको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved