सदर चिडियाखाना २६ वर्षमा, थप व्यवस्थित बनाउन महानगर प्रमुख महर्जनको आग्रह

  • पुस १४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६ औं वार्षिकोत्सव मनाएको छ।कोषले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाएको हो। कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एक मात्रै चिडियाखाना हुनु ललितपुरको विशेषता भएको बताए। 

उनले चिडियाखाना ललितपुर महानगरको एउटा विशेषता नै भएको बताएका छन्। मेयर महर्जनले चिडियाखानाको थप व्यवस्थित रुपमा विकास गर्नु पर्ने आवश्यकता रहेको बताए। उनले विकास गर्न सकिन भने पनि जुन रुपमा चलेको छ त्यही रुपमा राख्न सक्नु पर्ने बताए। 

मेयर महर्जनले भने,‘ ललितपुर महानगरपालिका ललित कलाले भरिएको सम्पदा सहर हो। यही महानगरमा देशको एउटा मात्रै चिडियाखाना पर्छ। चिडियाखानले ललितपुर महानगरको शिर उच्च बनाएको छ। चिडियाखानामा काठमाडौं आउने मानिसहरु सायदै नआउने कमै हुन्छन्। जसलाई चिडियाखानाको बारेमा थाहा नभएकाहरु मात्रै आउँदैनन्। चिडियाखाना ललितपुर जिल्लाकै विशेषता हो।

यति महत्वपूर्ण चिडियाखाना ललितपुर महानगरमा हुनु भनेको एकदमै ठूलो उपलब्धी हो। तर, यसलाई सरकारले बचाइ राख्नु जरुरी छ। चिडियाखानालाई सकिन्छ धेरै व्यवस्थित रुपमा विकास गरौं। सकिँदैन भने पनि जुन गतिमा चलिरहेको छ त्यहि रुपमा रहन दिनुपर्छ। यसलाई लोप हुन दिनु हुँदैन भन्ने उदेश्य सरकार तथा महानगरले लिन जरुरी छ। महानगरले चिडियाखाना अगाडिको फुटबल मैदानमा ठूला ठूला कन्सट हुने गरेका थिए त्यसलाई हटाउन सफल भएका छौं। चिडियाखानामा भएका जनावरलाई असर पर्ने भएकाले हटाएको हौं। यसले पनि चिडियाखानालाई व्यवस्थित बनाउँदै जानुपर्छ। चिडियाखानामा ठूला ठूला भवनहरु बन्नु हुँदैन खुल्ला छाड्नु पर्छ।’

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले चिडियाखाना मुख्य चार वटा उदेश्यले सञ्चालन भइरहेको बताए। उनले कोषले जङ्गली जनावरको विषयमा शिक्षा दिने काम गर्ने गरेको बताए। ओलीले कोषले जङ्गली जनावर तथा प्रकृति संरक्षणको विषयमा नेपालको १३ जिल्लामा पाठ्यपुस्तकमा समावेश गराएको बताए।

डा. ओलीले भने,‘ चिडियाखानाको मुख्य चार वटा उद्देश्य रहेको छ। जसमा सबै मानिहरु जङ्गलमा जान सक्दैनन्। जङ्गली जनावरसँग घुलमिल हुन पनि पाउँदैनन्। चिडियाखानामा जङ्गली जनावरको बारेमा चिनाउनको लागि अर्थात शिक्षा दिन तयारी गरिएको हो। यसमा चाहिने कुराहरु विद्यालयका पाठ्य पुस्तकमा समेत समावेश गर्नु पर्छ।

राष्ट्रिय प्रकृतिक संरक्षण कोषले नेपालका १३ जिल्लाका पाठ्य पुस्तकमा समावेश गरिहेको छ। पछिल्लो समय आएका नयाँ प्रविधि र जलवायु परिर्वतनको विषयमा पाठ्यपुस्तकमा समावेश गराएर शिक्षा दिनु जरुरी रहेको छ। यी लगायत अन्य धेरै काम गरिरहेको छ।’२६ औं वार्षिकोत्सवको अवसरमा कोषले चिडियाखाना काम गर्ने उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved