सुन्दै अचम्म , मान्छेकाे शरिरमा सुंगुरकाे मुटु लगाइयाे

  • पुस २७, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी ।  अमेरिकामा पहिलोपटक वंशाणु संशोधित गरिएको सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको छ।न्युयोर्क टाइम्सका अनुसार ५७ वर्षीय डेभिड बेनेटमा उक्त मुटु प्रत्यारोपण गरिएको हो। ८ घण्टासम्म चलेको प्रायोगिक प्रक्रियाको तीनदिनपछि अहिले बेनेट स्वस्थ हुँदै गएको समाचारमा उल्लेख छ। 

बेनेटको लागि यो प्रत्यारोपण जीवन बाँच्ने एकमात्र आशा थियो। यद्यपि मुटु प्रत्यारोपणपछि उनी कति लामो समयसम्म जीवित रहन्छन् भन्ने स्पष्ट भइसकेको छैन।

शल्यक्रियाको अघिल्लो दिन बेनेटले यो प्रत्यारोपण आफ्नो लागि ‘गर वा मर’ जस्तै भएको बताएका थिए। उनले भनेका थिए, ‘मलाई थाहा छ कि यो अध्याँरोमा तीर चलाउनुजस्तै हो तर मेरो लागि यो अन्तिम मौका हो।’ 

यो शल्यक्रिया नगरेको अवस्थामा बेनेटको मृत्यु निश्चित भएकाले युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका डाक्टरलाई अमेरिकी स्वास्थ्य नियामकले यो प्रक्रियाको लागि विशेष छूट दिएको थियो। 

धेरै लामो समयको अनुसन्धानपछि पहिलोपटक मुटु प्रत्यारोपण गरिएको छ। यसले विश्वभरका धेरै मानिसको जिन्दगी बचाउन सक्ने अपेक्षा छ। 

युनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसिनले एक विज्ञप्ति जारी गर्दै यो शल्यक्रियाले विश्वको ‘अंग कमीको संकट समाधानको एक कदम नजिक’ पुर्‍याएको उल्लेख गरको छ। 

अमेरिकमा प्रत्येक दिन यस्ता १७ बिरामीको मृत्यु हुने गरेको छ। अहिले पनि १ लाखभन्दा धेरै मानिस प्रत्यारोपणको पर्खाइमा छन्।

यसअघि नै मानिसमा जनावरको अंग प्रत्यारोपणको सम्भावनाको विषयमा अनुसन्धान हुँदै आएको थियो। यसलाई जेनोट्रान्सप्लान्टेसन भनिन्छ।

गत अक्टोबरमा न्युयोर्कका डाक्टरहरुले सुँगुरको मृगौला सफलतापूर्वक मानिसमा प्रत्यारोपण गरिएको बताएका थिए। यद्यपि मृगौला प्रत्यारोपण गरिएका मानिसको ठीक हुने सम्भावना भने थिएन। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved