प्रदेश १ मन्त्रीमण्डल कति समावेशी : जनजातिको बाहुल्यता हुँदा दलित शून्य

  • माघ २४, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । एकीकृत समाजवादीका नेता राजेन्द्र राई नेतृत्वको प्रदेश १ सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै एक राज्यमन्त्रीसहित १४ मन्त्रीहरूको जम्बो मन्त्रीमण्डल बनायो । आइतबार थप आठ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै राई नेतृत्वको प्रदेश सरकारमा १४ सदस्यीय मन्त्रिपरिषद् बन्यो ।

आज नेपाली कांग्रेबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुई जना थप भए । प्रदेश १ को मन्त्रीमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङमाङ नियुक्त भए ।

नेकपा एकीकृत समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बने । हाल कायम रहेका सामाजिक विकास मन्त्री जयराम यादव स्वास्थ्य मन्त्री बने ।

नेकपा माओवादी केन्द्रबाट खोटाङका रामकुमार राई र झापाका झलकसिंह दर्लामी मगर मन्त्री बने भने आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की यथावत छन् ।मुख्यमन्त्री राजेन्द्र राईले विस्तार गरेको मन्त्रिमण्डल कत्तिको समावेशी छ त । हेरौं अवस्था

जनजातिको बाहुल्यता

एक मुख्यमन्त्री, १२ मन्त्री र एक राज्यमन्त्रीसहितको प्रदेश १ सरकारमा ६४ प्रतिशत जनजाति मन्त्री बनेका छन् । हाल मन्त्री रहेका केदार कार्की, हिमाल कार्की, ओमप्रकाश सरावगी, जयराम यादव र उपेन्द्रप्रसाद घिमिरेबाहेक अन्य जनजातिमा पर्छन् ।

मुख्यमन्त्री राई, आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री रामकुमार राई, सामाजिक विकास मन्त्री राजन राई, पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बू, कृषि मन्त्री झलकबहादुर मगर, वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापा, उद्योग, वन तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गाम र सामाजिक विकास मन्त्रालयकी राज्यमन्त्री विष्णु तम्बाहाम्फे जनजाति हुन् ।

दलित शून्य

प्रदेश १ मा हालसम्म ३५ जना मन्त्री बनिसक्दा दलितबाट एक जनामात्र मन्त्री बनेकी थिइन्, जसमाया गजमेर । एमालेको कोटाबाट समानुपातिक प्रदेशसभा सदस्य बनेकी झापाकी गजमेर शेरधन राईको नेतृत्वमा बनेको प्रदेश सरकारमा सामाजिक विकास मन्त्री थिइन् ।

खस आर्य २१ प्रतिशत

सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय उपेन्द्रप्रसाद घिमिरे ब्राह्मण–क्षेत्री (खस-आर्य) समुदायका हुन् ।

मधेशी १४ प्रतिशत

मधेशी समुदायबाट दुईजनाको प्रतिनिधित्व भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओम प्रकाश सरावगीमारवाडी समुदाय अन्तरगतका हुन् भने स्वास्थ्यमन्त्री जयराम यादवमधेशी समुदायका हुन् । झापाबाट प्रदेश १ मा सरावगी कांग्रेसका एक्ला सांसद हुन् ।नेता कृष्ण सिटौला निकट सरावगी समानुपातिक सांसद हुन् । उनी नेता सिटौलाको कोटाबाट मन्त्री बनेका हुन् । सरावगी प्रदेश १ का जेष्ठ सदस्यसमेत हुन् ।

यस्तै, १४ जनाभित्र २ जना महिलालाई समावेश गरिएको छ ।नेपालको संविधानले हरेक क्षेत्रमा महिला सहभागिता ३३ प्रतिशत हुनुपर्ने व्यवस्था गरेकको छ । तर प्रदेश १ मा भने त्यस्तो भएको छैन । पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बू र सामाजिक विकास मन्त्रालयकी राज्यमन्त्री विष्णु तम्बाहाम्फेलाई बाहेक प्रदेश १ को मन्त्रीमण्डलमा अन्य महिला मन्त्री छैनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved