काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानमा श्रमदान गर्न जान तयार भएका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईसँगको भेटमा प्रचण्डले आफू श्रमदानका लागि आउन तयार भएको बताएका हुन् ।
प्रचण्डसँगको भेटपछि मेयर साम्पाङले समाजिक संजालमा स्टाटस लेख्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल धरानमा श्रमदान गर्न तयार रहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, लेख्नुभएको छ, ‘आज प्रचण्डसँग भेट भयो, मैले उहाँलाई सर्दुखोलामा श्रमदान गर्न आउने निम्तो दिएँ, उहाँले हुन्छ भन्नु भो । हेरौँ कहिले आउनुहुन्छ’
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved