साधारणतय डेंगी भाइरस ग्रसित पोथी लामखुट्टेको टोकाइले आउने ज्वरो र भाइरल संक्रमण नै डेंगी हो। डेंगीका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, छालामा दाग लाग्ने आदि हुन्छ। डेंगी संक्रमण विश्वका सयभन्दा बढी देशमा देखापर्ने आम रोग पनि हो । करिब ३ अर्ब मानिस डेंगीबाट प्रभावित क्षेत्रमा बसोबास गर्छन् । यसमा भारत र दक्षिणपूर्वी एशियाका अन्य देश चीन, अफ्रिका र मेक्सिको पनि पर्छन् ।
नेपालमा बर्सेनि डेंगीका हजारौँ संक्रमित भेटिने गरेका छन् । यीमध्ये कतिपयले ज्यान नै गुमाउँछन् ।
डेंगी कस्तो रोग हो ?
डेंगी लामखुट्टेबाट सर्ने भाइरल संक्रमण वा रोग हो । डेंगीका कारण उच्च ज्वरो, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, छालामा दाग देखिनेजस्ता लक्षण देखा पर्छन् । डेंगी ज्वरोलाई ब्रेकबोन फिभर पनि भनिन्छ । डेंगी एडिस लामखुट्टेको टोकाइबाट लाग्ने चिकित्सकहरू बताउँछन् । यो संक्रमण फ्लेविविरिडे परिवार( डीईएनवी १, डीईएनवी २ डीईएनवी ३ र डीईएनवी-४ को भाइरसको सेरोटाइप कारणले हुन्छ।
तर यी भाइरस १० दिनभन्दा बढी बाँच्दैनन् । जब डेंगी संक्रमण गम्भीर हुन्छ, डेंगी रक्तस्रावी ज्वरो, हेमोरेजिक ज्वरो वा डीएचएफ हुने जोखिम बढ्छ । यसले अत्यधिक रक्तस्राव भई पीडितको मृत्युसमेत हुन सक्छ ।
डीएचएफलाई डेंगिशक सिन्ड्रोम पनि भनिन्छ। अति गम्भीर अवस्थामा तत्काल अस्पताल भर्ना हुन आवश्यक हुन्छ । अन्यथा पीडितको ज्यान पनि जान सक्छ। डेंगीको कुनै खास वा विशेष उपचार उपलब्ध छैन । यसको लक्षण पहिचान गरेर मात्रै यसलाई नियन्त्रण गर्न सकिन्छ ।
लक्षणहरू
१- एक्कासि ज्वरो आउने
२-थकान महसुस हुने
३- आफ्नो दैनिकी, खानपान वा अन्य काम कुरामा रुचि नलाग्ने
४- टाउको, मांसपेशी तथा जोर्नी दुख्ने,
५- वाकवाकी लाग्ने वा बान्ता हुने
सामान्यतया डेंगी भाइरसको संक्रमण भएका करिब ८० प्रतिशत मानिसमा कुनै लक्षण देखिँदैन वा देखिए पनि हल्का ज्वरोजस्ता सामान्य लक्षण मात्र देखिन्छन्। संक्रमितमध्ये ५ प्रतिशत मानिसमा गम्भीर प्रकारको डेंगी लाग्ने गर्छ भने तीमध्ये निकै कमको मात्र मृत्यु हुने गर्छ। यो रोग छिप्पन ३ देखि १४ दिनसम्म लाग्ने भए पनि धेरैजसो बिरामीमा यो रोगले ४ देखि ७ दिनसम्ममा पूर्णता पाउँछ।
त्यसैले यसको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसमा घर पुगेको १४ दिनपछि डेंगी वा अन्य लक्षण देखापर्ने सम्भावना हुँदैन। प्रायः बालबालिकामा डेंगी संक्रमण हुँदा सामान्य रुघा तथा संक्रामक पखाला भएको जस्तै लक्षण देखिने गर्छन्।
बालबालिकामा विभिन्न जटिलता देखापर्ने जोखिम पनि अन्यलाई भन्दा बढी नै हुन्छ। डेंगी पहिचानका लागि मुख्य लक्षणहरू अचानक ज्वरो आउने, टाउको दुख्ने तथा आँखाको पछाडि दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन्। यस्ता बिरामीका मांसपेशी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ। यस्ता लक्षण देखिए तुरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा जान र अनुमानका आधारमा जथाभावी औषधि सेवन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
डेंगीको जोखिम कारक
विभिन्न कारकहरू छन्, जसले डेंगीबाट संक्रमित हुने जोखिम बढाउन सक्छन् ।
डेंगीको प्रकोप भएको क्षेत्रमा बस्नुस् तपाईं एडिस लामखुट्टेको प्रकोप बढी भएको क्षेत्रमा बस्नुहुन्छ भने डेंगीबाट सङ्क्रमित हुने सम्भावना स्वाभाविक रूपमा बढ्छ। पहिले डेंगी सङ्क्रमण हुनु स् एकपटक डेंगी लागेकामा यो भाइरल संक्रमणबाट प्रतिरोधात्मक क्षमता हुँदैन । यस अवस्थामा जब दोस्रो पटक डेंगी हुन्छ, तपाईं गम्भीररूपमा प्रभावित हुने सम्भावना बढी हुन्छ ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु स् कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई पनि डेंगी हुने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा ज्येष्ठ नागरिकलाई डेंगीको बढी जोखिम हुन्छ । त्यसैगरी मधुमेह, फोक्सोका रोग र मुटुका रोगीलाई पनि डेंगीको जोखिम उच्च हुन्छ ।
कम प्लेटलेट काउन्टस् पीडितको रगतमा प्लेटलेट ९क्लटिंग कोशिका० काउन्ट धेरै कम हुँदा डेंगी झन् गम्भीर हुन्छ । यस्तो अवस्थामा यदि तपाईंको प्लेटलेट काउन्ट लेभल पहिले नै कम छ भने तपाईं अरुभन्दा चाँडै डेंगीबाट संक्रमित हुन सक्नुहुन्छ ।
डेंगीबाट बच्ने उपायहरू
१- लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने
२- शरीरका खुला भागमा लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने
३- घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्यालढोकामा जाली लगाउने
४- बिहान, बेलुका वा राति जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
५- घर वरपर प्लास्टिक, सिसा, खपटा, सीडी, चिया खाएर फालिएका
कप, नरिवलका बोक्रा आदि भए सफा गर्ने र पानी जम्न नदिने
६- खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने
तत्काल मर्मत गर्ने
७- पानीको नाली, ढल, पोखरीमा हप्ताको दुई दिन डढेको मोबिल
वा मट्टीतेल छर्कने
८- खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने
९- पानीको ट्याकी पूरै खाली गरेर सफा गरिरहने
१०- कुलरमा हप्ताको एक वा दुईपटक मट्टीतेल हाल्ने ।
डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने तथा लामखुट्टेको वृद्धि रोक्ने। पानी जम्न सक्ने भाँडाहरू जस्तै, गमला फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न नदिने।
पानीका ट्यांकी लामखुट्टे छिर्न नसक्ने छोपेर राख्ने। कुलरको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने। फूलदानीमा भएको पानी हप्तामा दुईपटक फेर्ने। लामखुट्टेले दिउँसो टोक्ने हुँदा बाहुला भएका वा शरीर ढाक्ने लुगा लगाउने। सम्भव भएसम्म दिउँसै सुत्दा पनि झुल प्रयोग गर्ने तथा साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउने।
लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ। घरका झ्याल–ढोकामा जाली लगाउनु पनि उपयुक्त हुन्छ। घरवरिपरि सफा राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने। स्वास्थ्य संस्थामा यसको लक्षणअनुसार उपचार गरिन्छ। डेंगी ज्वरोविरुद्धको खोप र खास उपचारसमेत नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो। डेंगीको शंका लाग्नासाथ नजिकैको स्वास्थ्य संस्थामा गइहाल्नुपर्छ।
डेंगीको उपचार
डेंगीको कुनै खास औषधि वा सही उपचार उपलब्ध छैन । डाक्टरले ज्वरो र दुखाइ नियन्त्रण गर्न प्यारासिटामोलजस्ता दुखाइ कम गराउने औषधिहरू लेख्न सक्छन् । शरीरलाई हाइड्रेटेड राख्नु डेंगी नियन्त्रणमा राख्ने सबैभन्दा महत्त्वपूर्ण उपाय हो । यस्तो अवस्थामा सफा पानी पर्याप्त मात्रामा पिउनुपर्छ । तर, गम्भीर लक्षण भएका बिरामीहरूलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ ।
गम्भीर अवस्थाहरूमा रोगीलाई तरल पदार्थ वा इलेक्ट्रोलाइट पूरकहरू दिइन्छ । कुनै स्थितिमा यो रक्तचाप निगरानी र रक्तक्षेपणमार्फत् पनि उपचार गरिन्छ ।
डेंगी रोकथाम
मे २०१९ मा यूएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनले ९ देखि १६ वर्षका बालबालिकाहरूमा डेंगभ्याक्सिया नामक डेंगी खोपको प्रयोगलाई अनुमोदन गर्यो । यद्यपि यो खोपलाई भारतमा प्रयोग गर्न अनुमति दिइएको छैन ।
यस्तो अवस्थामा खोप उपलब्ध नहुँदा लामखुट्टेबाट आफूलाई बचाउनु नै डेंगीबाट बच्ने उपाय हो । सकेसम्म लामखुट्टे निरोधक, लामखुट्टेको जाली प्रयोग गर्न सकिन्छ । साँझ हुनुभन्दा पहिले घरको झ्याल र ढोका बन्द गर्नुपर्छ । शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved