बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन

  • भदौ २४, २०७९
  • कालापानी मिडिया
alt

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ। बिहीवारदेखि उनी चिकित्सकको रेखदेखमा रहेका खबर आइरहेका थिए। उनी केही दिनदेखि स्‍कटल्याण्डस्थित बाल्‍मोरल क्यासलमा बसेकी थिइन्। प्रत्येक गर्मीमा उनी त्यहाँ जाने गर्थिन्।

गत वर्षदेखि नै उनको स्‍वास्‍थ्‍यमा समस्या देखिएको थियो। गत माघमा उनी कोभिड(१९ संक्रमित भएकी थिइन्। खराब स्‍वास्‍थ्‍यका कारण उनी आराम गरिरहेकी थिइन्। हारानी एलिजाबेथ द्वितीयाले कन्जरभेटिभ पार्टीकी नेता लिज ट्रसलाई मंगलवार औपचारिक रूपमा बेलायतकी नयाँ प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

महारानीको निधनपछि १५ देशका सरकारलाई यो जानकारी दिइएको छ। क्यानडा अष्ट्रेलिया लगायत १५ देशमा उनको शासन थियो। उनले बेलायतका १५ जना प्रधानमन्त्रीलाई शपथ दिलाएकी थिइन्। उनले करिब ७० वर्षसम्म बेलायतमा शासन गरिन्। गत वर्ष अप्रिलमा उनका पति प्रिन्स फिलिपको निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved