बर्दिया। लुम्बिनी प्रदेशको मधुवन नगरपालिका वडा नं–१ सुर्यपटुवा पथ्थरबोझीका स्थानीयहरु अन्नबाली जोगाउन रातभरि जाग्राम बस्दछ्न ।
दक्षिणी सिमाना तर्फ भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षसंङ्ग जोडिएको र उत्तरी भेगमा बर्दिया राष्ट्रिय निकुञ्ज रहेको दुई संरक्षण क्षेत्र जोड्ने खाता जैविक मार्ग वन्यजन्तु ओहोरदोहोरको प्रचुर मार्ग हो ।
बन्यजन्तु संरक्षणमा पनि प्रमुख चुनौती रहेको छ। वन्यजन्तुहरुको वासस्थानमा भएको खण्डिकरणले गर्दा विशेष गरि जंगली हात्ती , बाघ, चितुवा र निलगाई आदिले स्थानीय बासिन्दाको बालिनाली नोक्सान गर्ने, चौपायाहरु मारीदिने र घर समेत भत्काई दिने घटनाहरु हुने गरेको छ।
जैविक मार्ग मुख्य क्षेत्र डाडागाउ, पत्थरबोझी, भग्रैया, कोठियाघाट क्षेत्र जस्ता वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य क्षेत्रमा नै मानव बस्ती भएकोले यी स्थानहरुमा मानव र वन्यजन्तु विच द्वन्दका घटनाहरु बढी हुने गरेको छ । वन्यजन्तुहरुको सख्यामा वृद्धि भई बासस्थान सांगुरो हुँदा मानव तथा वन्यजन्तु बीचको द्वन्द चुनौतिको रुपमा थपिएको छ। यो चुनौती खासगरी निकुञ्ज , मध्यवर्ती र खाता जैविक मार्ग क्षेत्रमा आसपासका बस्तिहरुमा देखिदै आईरहेको छ ।
वन्यजन्तुहरुबाट बालिनाली क्षती तथा मानविय क्षति बढ्दै गएपछि यो चुनौती थपिएको हो । हाल सम्म बर्दिया जिल्लाभित्रै मात्र पटेबाघ, जंगली हात्ती, चितुवा र गैडाहरुको आक्रमणमा परि धेरैले ज्यान गुमाएका छन् भने बढि मात्रामा पशुचौपाया मारिदिने, घर भत्काइदिने तथा बालीनाली नोक्सान गरिदिने जस्ता समस्याहरु देखिदै आएका छन् ।
जसका कारण मानव तथा वन्यजन्तुहरुबीच उत्पन्न भएको असमझदारीले द्वन्द सिर्जना भएको छ ।
जंगली हात्तीले सधै जसो आएर अन्नबाली खाई घर समेत भत्काईदिन्छ। हात्तीले धेरै सताएको छ। बृद्धअबश्थाका आमाबुबा हुनुहुन्छ आँखा समेत देख्नु हुदैन, यता घरपरिवार बचाउने कि अन्नबाली बचाउने?? हामी वन्यजन्तु पीडितलाई कहि कतैबाट सहयोग र राहत समेत पाएका छैनौं।
जंगली हात्ती एक महिनादेखि प्रत्येक दिन आउने र अन्नबाली खाने गरेको छ। गाउँका युवा, महिला र बालबालिका बनाएर अन्नबाली जोगाउन रातभर जाग्राम बस्ने गरेका छ्न। अन्नबाली भित्र्याउन नपाएको धेरै भयो र यस पटक धेरै खाईसकेको छ तरपनी केही पाइन्छ कि भन्ने आसमा रातीको २÷ ३ बजेसम्म जाग्राम बसेर हात्ती धपाउने गरेका छ्न। जंगली हात्ती आएको एक महिना बित्द पनि अहिलेसम्म कुनै सरकारी निकाय, संघसंस्था हेर्न त के एक शब्द समेत बोलेको छैन।
हामी वन्यजन्तु पीडित हौं । जंगली हात्तीले हाम्रो अन्नबाली खाइदिन्छ र घर समेत भत्काईदिन्छ। राभरी जाग्राम बसेर अन्नबाली जोगाउन प्रयास गर्छौ। राहतका लागी सरकारले पुर्जा खोज्छ तर सुकुम्बासी भएकाले लालपुर्जा छैन । लालपुर्जा नभएकाले राहत सरकारले दिदैन । पुर्जा नभएकोले राहत नपाउने एक उदाहरण मात्रै हुन खाता जैविक मार्ग क्षेत्रमा बसोबास गर्ने स्थानीयले कहिले राहत पाउने प्रश्न उठेको छ ।
जंगली हात्तीले गर्दा घरमा बस्ने सक्ने अवस्था नै छैन रात परेपछि ज्यु ज्यान जोगाउन धौ–धौ पर्छ। घरमा भएका बृद्धअबश्थाका सासुससुरा र छोरीहरुलाई कोठा थुनेर भागेर जोगाउनुपर्छ। पुरुष अन्नबाली जोगाउन घरबाट बाहिर जाने हुँदा महिला घरमै हुने भएकाले धेरै समस्या आउने गरेको दुखेसो गर्ने गर्दछ्न ।
भगवानको सेवा गर्ने भक्तजनको घर समेत भत्काईदिने गरेको छ । घरमा भएका अन्नपात खाई नष्ट गरिदिएको छ। कहि कतैबाट पनि सहयोग पाएको छैन्न र सरकारले समेत हेरेको छैन। दुई पटकसम्म घर भत्काइदिएको थियो । स्थानीयलाई जंगली हात्तीबाट ज्यान बचाउन धेरै गाह्रो भएको छ । कोहि भागेर कोहि पलङ्ग मुनि लुकेर ज्यान बचाउने बाध्य छ्न तर सरकार कानमा तेल हालेर बहिरो भएको छ ।
सरकारले जंगली जनावरहरु मानव बस्तीमा नपस्ने ब्यवस्था मिलाउनु पर्छ। त्यसो हुन नसके क्षती अनुरुप क्षतिपूर्ति दिन नसके राहतको ब्यवस्था तुरुन्तै गर्नुपर्छ तर सरकार भने कानमा तेल हालेर सुनेको छैन । राहत निर्देशिका झन्झटिलो भएकाले यसलाई सरल र सहज बनाउन स्थानीयको माग रहेको छ। समाधानका उपायहरू अप्नाए पनि अझ प्रभावकारी उपायहरु खोज्न जरुरी देखिन्छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved