कुनै दिन म अस्ताएछु भने चित्त दुखाई नरूनु प्रिये
सम्झीनु प्रकृती संगै परिवर्तन भएछु ।
मेरो भौतिक शरिर त हुनेछैन
तर पनि आभाश गर्नु म तिम्रै वरिपरी घुमिरहेको हुनेछु ।
घासको भारि संगै घर आइपुग्दा
नाङगो नसम्झीनु आँगन लाई
महसुस गर्नु त्यो परको पिर्को मा
मेरो आकृति देख्नेछ्यौ ।
बारदालिमा बसि चामल केलाउदै गर्दा
त्यो गोरेठो मा हेर्नु म हिन्दै गरेको हुनेछु ।
जब तिमी थकित ज्यान लिएर
त्यो कोठा भित्र प्रवेश गर्नेछयौ
मलाई तिम्रो गहभरि आसु हुनेछ ।
सन्नाटा छाएको त्यो कोठा भित्र
मुटुको धड्कनले समेत तर्साउने छ तिमीलाई
तर प्रिये, आसुले धुन्ददुलो भएको रोशनीले
ओछ्यानको पल्लो कुनामा
मलाई पल्टीरहेको देख्नेछ्यौ ।
जब कुनै काजबार नजिकिदै जालान्
तिम्रो मुटुको गति बड्दै जानेछ ।
ज्वालामुखी बिष्फोट भएझै
रोदनको डाको तिमीले थाम्न सक्ने छैनौ ।
फेरी पनि पिर नमान्नु
सम्झीनु दिनमा गरिने सोह्र श्रीङ्गार
अब म सपनिमा गर्नेछु ।
अन्धकार रातको त्यो क्षितिज बाट
म तिमीलाई नियालि रहेको हुनेछु ।
जान्दछु म , तिम्रो कोमल मनले
पल - पलमा गुमाईरहेको हुनेछ मलाई
रपनि कमजोर नहुनु प्रिये
तिमीले फेर्ने प्रतेक शासमा ,म हुनेछु।
जितेन्द्र प्रसाद पन्त
सैनिक आवासीय महाविद्यालय
तेघरी, कैलाली
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved