गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य घट्यो

  • आश्विन २४, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौँ । नेपाल आयल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य घटाएको छ।

निगम सञ्चालक समितिको हिजोको बैठकले हिजै राति १२ बजेदेखि लागू हुने गरी भैरहवा र पोखरा हवाई इन्धन डिपोबाट बिक्री हुने अन्तरराष्ट्रियतर्फको इन्धनको मूल्य प्रतिकिलोलिटर क्रमशः अमेरिकी डलर ९१ र ७६ घटाएको हो। निगमले यसअघि भैरहवा र पोखरास्थित हवाई इन्धन डिपोबाट अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर अमेरिकी डलर आठ सय ६० लिँदै आएको थियो।

मूल्य घटेसँगै भैरहवास्थित डिपामा हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर सात सय ६९ र पोखरास्थित डिपोमा प्रतिकिलोलिटर अमेरिकी डलर सात सय ८४ कामय भएको छ।

गत साउन २८ गतेको मन्त्रिपरिषद्बाट स्वीकृत ‘नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ कार्यान्वयन गर्न ती दुई विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानका लागि इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved