नारायणहिटी दरबार राजावादीको कब्जामा

  • फागुन २०, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । नारायणहिटी राजदरबार लाई सरकारले जवरजस्ती संग्राहालय बनाएको भन्दै राजावादी अभियन्ताहरुको समूहले मंगलबार नारायणहिटी राजदरबार लेखेको ब्यानर टाँसेका छन् ।

राजा ज्ञानेन्द्रले गत फागुन ७ गते आफूलाई साथ दिन आव्हान गरेपछि यतिबेला राजावादी संघसंस्थाले देशभर आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आइरहेका छन् । सोही अवसरमा मङ्गलबार नारायणहिटी संग्राहलयमा राजदरबार लेखेको व्यानर टाँसिएको हो ।

राजसंस्था पुर्नस्थापित गर्नुपर्ने राजासंग तत्कालीन अवस्थामा गरिएको सम्झौता पालना गर्नुपर्ने जस्ता नाराबाजी सहित नारायणहिटी दरबार क्षेत्रमा पुगेका आन्दोलनकारी लाई प्रहरीले रोक्ने प्रयास गरेको भएपनि उनीहरूले व्यानर नराखी नजाने अडान राखेपछि प्रहरी पछि हटेको सन्तोष राजावादीले जानकारी दिए।

दलहरुले राजालाई धोक्का दिएको कारण आफूहरु सम्झौता लागू गराउन सडकमा आउनु परेको उनले स्पष्ट पारे । आन्दोलनकारी हिँडेपछि प्रहरीले उक्त व्यानर निकालेको छ ।

अहिले राप्रपा लगायतका अधिकाँश राजावादी संघसंस्थाहरु यतिबेला सडक र सदनमा राजसंस्था र हिन्दुराज्यको पुन:स्थापनाको माग सहित खरो रूपले आन्दोलनमा उत्रेका छन् । तर उनीहरूको मागका सम्बन्धमा ठूला दलहरु उदासीन रहेको देखिन्छ ।IMG_20250304_210258

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved