अनुपमा जोशी ।
आज बिहान हामी केही साथी मिलेर ललितपुरको लभिङ्ग मल पुग्यौ । साथमा बच्चाहरुपनि लिएर गएको भएर उनिहरुकै चाहना अनुसार फिल्म हेर्ने निर्णय भयो । र रोजाइमा पर्यो हालसालै चर्चामा आएको लाज सरणम । अनि सबै जना ११ बजे लभिङ्ग मल सिनेमाजमा ‘लाज शरणम’ हेर्न पुग्यौ । सुरुमा त के होला र बेकार पो आएइछकी क्या हो भन्दै हल प्रवेश गरेका हामी फिल्म हेरेर निस्केपछि भने फिल्म निर्माण गर्ने सम्पूर्ण टिमलाई नै धन्यवाद भन्न चाहन्छौं ।
एउटा कथा बस्तु अझ देशको वर्तमान परिस्थिति र बिकट गाउँठाउँ को अवस्थितिलाई जस्ताको तस्तै फिल्म मार्फत दर्शक सामु पस्कन सफल लोकप्रिय हास्य टेलिश्रृंखला 'सक्किगोनि' को टिमले साच्चिकै दर्शकको मन जित्न सफल भएको महसुस गरे ।
अझ भन्नू पर्दा त यस टिमले निर्माण गरेको चलचित्र 'लाज शरणमले समसामयिक कथामा व्यङ्ग्य मिसाएको असाध्यै मन पर्यो । सिताराम कट्टेल धुर्मुसको क्यारेक्टर प्रसंशनिय छ । उनले दर्शकलाई हसाएका छन भने अन्य पात्रहरु जसले कर्णालीका जनताको दुख र राजनीति हुबहु दर्शक सामु पस्केर दर्शकको आँसु खसालेका छन ।
चलचित्रमा देखिएको त्यो सुन्दर कर्णालीको दृश्य जसले दर्शकलाई लोभ्याएको छ भने ती भोका नाङ्गा गरिब जनताको पीडा बेचेर डलर कमाउनेहरुको हबिगतले दर्शकको आँसु मात्रै आएको छैन कि आफुले गलत नेतृत्व छानेर पठाएको प्रती उनिहरुले आत्मग्लानी गरेको मैले महसुस गरे ।
लाज शरणमले हामी युवा मात्रै होइन त्यहा पुगेका साना साना बालबालिकाको मन मस्तिष्क लाई अझै बढी छोएको पाए । उनिहरुले यतिबेको देशको यो खराब अवस्था निर्माण हुनुमा नेतृत्वका कै कारण औल्याउँदै गरेको मैले देखे र सुनेपनी । "उनिहरु भनिरहेका थिए देश त हामी जनताले नै खराब नेतृत्व चयन गरेर पो बिग्रेको रहेछ । नत्र त त्यो बिकट ठाउको सुन्दर दृश्य बेचेर मात्रै पनि हामी धनी बन्न सक्ने रहेछौ । यो मुभी ती सबै हाम्रा लिडरहरु समक्ष पुगोस र उनिहरुको गरिब बस्तीमा हेर्ने दृस्ठिकोण परिवर्तन होस ।"
समग्रमा भन्नू पर्दा फिल्म निकै नै दामी लाग्यो, जति हेर्दै गयो त्यति नै मजा आयो । त्यसैले मलाई भन्न मन लग्यो वा कलाकार भनेको यस्तो पो हुनुपर्छ ! सम्पूर्ण टिमलाई हार्दिक बधाई अनि धन्यवाद ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved