आफ्नो ब्याण्ड परम्परा लिएर अस्ट्रेलिया टुरमा निस्किदै प्रमोद खरेल

  • साउन २३, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । गायक प्रमोद खरेल आफ्नो ब्याण्ड परम्परा लिएर अस्ट्रेलिया टुरमा निस्किने भएका छन् । उनी अस्ट्रेलियाका बिभिन्न शहरमा आगामी २२ अगस्ट देखी १४ सेप्टेम्बर सम्म हुने साँगितीक कार्यक्रमका लागी निस्किन लागेका हुन् ।

प्रमोदका अनुसार अस्ट्रेलियाका पाँचवटा सहर सिड्नी, क्यानबेरा, ब्रिसबेन, मेलवर्न र न्यूक्यासलमा सांगीतिक कार्यक्रम हुनेछ । मेला हब र न्यानगन फाइन मेट्सको प्रस्तुति रहने कार्यक्रममा आफ्नो ब्याण्डका अन्य ६ सदस्य सहित अस्ट्रेलिया पुग्नेछन् ।

उनीसँगै ब्याण्डमा लिड गिटारिस्ट देवासिस तामाङ, बेस गिटारिस्ट कुशल थापासँगै तबला तथा मादलमा जेपि जोशी, फ्ल्युटमा सञ्जीव मैनाली, ड्रमममा भुपेन्द्र रसाइली, र किबोर्डमा राहुल भुजेल रहने छन् ।

अर्को साताको अस्ट्रेलिया टुरका लागी अहिले तयारी गरिरहेका छौं । अस्ट्रेलियाका बिभिन्न शहरका दर्शकहरुलाई मनोरन्जनका लागी तयारी रहन आगह्र गछौं, प्रमोदले भने । ब्याण्ड सहितको यो पहिलो साँगितीक टुर भएकाले पनि हामी उत्साहित छों । ‘परम्परा’ले यो मंगलबार नयाँ गीत ‘के मा बस्यो दिल’ सार्वजनिक गर्दैछ ।

परम्परा ब्याण्डले आगामी बर्षको जुन र जुलाइमा अमेरिकाको टुरमा निस्किने तयारी गर्दैछ ।

FB_IMG_1754644245539

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
यस वर्षको वसुन्धराश् ...

काठमाडौँ-। वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार ...

​"राप्रपाको दुर्गति: ...

अनुपमा जोशी। नेपालका प्राय सबै पुराना दलहरूमा पुरानाले नयाँलाई अगाडि बढ्न नदिने सिन्डिकेटको प्रणाली ...

नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved