विश्व कोकाकोलासँगको सम्बन्ध तोड्न ओलम्पिकलाई स्वास्थ्य विशेषज्ञको सुझाव

  • श्रावण २४, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । दुई स्वास्थ्य विशेषज्ञले बुधबार ओलम्पिक आयोजकहरूलाई कोकालासँगको सम्बन्ध तोड्न आग्रह गरेका छन्।

उनीहरूले ठूलो रकमको प्रायोजन सम्झौताले अमेरिकी कम्पनी कोकाकोलालाई अस्वस्थकर चिनीयुक्त पेय पदार्थहरू ‘स्पोर्टस् वास’ गर्न अनुमति दिने बताएका छन्। राष्ट्र, व्यक्ति, समूह, निगम वा सरकारले प्रतिष्ठामा सुधार ल्याउन खेलको उपयोग गर्ने अभ्यासलाई वर्णन गर्न स्पोर्टस् वास शब्दको प्रयोग गर्छन्। यद्यपि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले कोकाकोलासँगको साझेदारीमा अविश्वसनीय रूपमा गर्व रहेको बताएको छ।

कम्पनीले भने चिनीरहित पेयपदार्थ पनि उपलब्ध गराएको बताएको छ। पेरिस खेलमा प्रशंसकहरूले प्रयोग गर्ने प्लास्टिकको बोतलको मात्रालाई लिएर पर्यावरणीय कार्यकर्ताहरूले आलोचना गरेपछि स्वास्थ्य विशेषज्ञहरूको उक्त आग्रह आएको हो।

फ्रान्सको राजधानीमा हुने प्रतियोगितामा कोकाकोलाको सर्वव्यापी फिजी पेयहरूको विज्ञापन समावेश छ। कोकाकोलाले सन् १९२८ देखि ओलम्पिकलाई प्रायोजन गर्दै आएको छ। तर विश्वव्यापी स्वास्थ्य समूह भाइटल स्ट्राटिजिजका ट्रिस कोटर र सान्ड्रा मुलिनका अनुसार यी चिनीयुक्त पेय पदार्थले थोरै वा कुनै पोषण मूल्य प्रदान गर्दैनन् र त्यस्ता अस्वस्थकर उत्पादनहरूलाई प्रवर्धन गर्न खेलमा कुनै स्थान छैन।

चिनीयुक्त पेय पदार्थहरू मोटोपना, मधुमेह, उच्च रक्तचाप र हृदय रोगसहित विश्वभरका मानिसहरूलाई असर गर्ने गम्भीर स्वास्थ्य समस्याहरूको एक मुख्य चालक भएको दुवै जनाले बीएमजे ग्लोबल हेल्थ जर्नलमा टिप्पणीमा लेखेका छन्।

कोका–कोलाका उत्पादनहरूले विश्वव्यापी प्लाष्टिक प्रदूषण, हरितगृह ग्यास उत्सर्जन र ठूलो मात्रामा पानीको प्रयोगमा पनि योगदान पुर्‍याउने उनीहरूले बताए। ‘कोकाकोलासँगको सम्बन्धलाई निरन्तरता दिएर ओलम्पिक आन्दोलनले खराब पोषण, वातावरणीय ह्रास र जलवायु परिवर्तनको विश्वव्यापी महामारीलाई तीव्र पार्ने जोखिम छ’, उनीहरूले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले खेलाडी, दर्शक र पृथ्वीको हितमा कोकाकोलासँग सम्बन्ध तोड्ने समय आएको छ।’

आईओसीले भने चिसो पेय कम्पनीसँगको आफ्नो साझेदारीको बचाउ गरेको छ। ‘हामीलाई कोकाकोला कम्पनीसँगको करिब १०० वर्षको साझेदारीमा अविश्वसनीय रूपमा गर्व छ’, आइओसीका टेलिभिजन तथा मार्केटिङ सेवा प्रबन्ध निर्देशक एनी–सोफी भौमार्डले दैनिक पत्रकार सम्मेलनमा भने, ‘आईओसीको दृष्टिकोणमा कोकले खेलाडीका परिवार र प्रशंसकलाई समर्थन गर्न जिम्मेवार दृष्टिकोण अपनाइरहेको छ र खेलहरूको आयोजनामा अभिन्न भूमिका निर्वाह गरिरहेको छ।’

कोकाकोलाले पेरिस खेलहरूमा पानी, चिया, कफी र जुस पनि उपलब्ध गराउने एक विज्ञप्तिमा बताएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पार्टी सभापति संग कु ...

धनगढी । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै किसिमको असमझद ...

भारतीय उद्यमीलाई परर ...

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको उर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूच ...

आज विश्व ध्यान दिवस ...

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved