राष्ट्रिय जनजागरण अभियान अन्र्तगत इटहरीमा संवाद कार्यक्रम सम्पन्न

  • आश्विन ८, २०७६
  • कालापानी मिडिया
alt

इटहरी/ सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका बक्ता काग्रेस नेताहरुले अहिलेको सरकार जनपक्षिय नभएको कारण राष्ट्रिय जनजागरण अभियान सञ्चालन गर्नु परेको वताएका छन ।

नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय जनजागरण अभियान अन्र्तगत सुनसरीमा खटिएका काग्रेस नेताहरुसंगको संवाद कार्यक्रममा बोल्दै काग्रेस नेताहरुले अहिले दुई तिहाइको सरकार जनपक्षिय नभएको आरोप लगाएका हुन ।

IMG_3934

काग्रेसले गत भाद्र २४ गतेबाट देशभर दोस्रा राष्ट्रिय जनजागरण अभियान सञ्चालन गर्दै आएको थियो । काग्रेसले चलाएको दोस्रो जनजागरण अभियानका लागि जिल्लामा आएका प्रतिनिधिहरुले गरिवको पहुँच भन्दा टाढा राजनिती गइरहेको अवस्था पाएको समेत उनीहरुले वताए । जनमुखी काम गर्न सरकारलाई दबाव दिदै अघि बढ्न जनताले काग्रेसलाई सुझाव दिएको समेत कार्यक्रमका बक्ताहरुले वताएका थिए । कार्यक्रम नेपाली काग्रेस सुनसरीका सभापति तथा प्रदेस नम्बर १का विपक्षी दलका नेता राजिव कोइराला , केन्द्रीय प्रतिनिधिहरु सुभाष पोखरेल , आन्दसंतोषी राई , बीन बिश्वकर्मा , धनकुमार लिन्खा , दिलिप गच्छदार , सुकदेव प्रसाद मण्डल , प्रतिनिधी सभा सदस्य सिताराम मेहता , प्रदेस नम्बर १ प्रदेससभा सदस्य नबोदिता चौधरी लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

आजको मौसम : उच्च पहा ...

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। मौस ...

आज किराँत फाल्गुनन्द ...

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved