गरिब जनताको साहारा बन्दै डा. सुनिल शर्मा

  • कार्तिक २५, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार हुने भएको छ ।

आर्थिक अवस्था कमजोर भएका सर्लाहीकी पुनिता मिस्त्रीको परिवारको निःशुल्क उपचार हुने भएको हो । सर्लाहीमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा चेकजाँच गरी सिफारिस गरिएका (रिफर भएका) सर्लाहीकी पुनिता मिस्त्री र उनका २ नाबालक छोराको निःशुल्क उपचारको व्यवस्था मिलाइएको डा. शर्माले बताए । 

डा. शर्माले भने मिस्त्रि र उनका १४ वर्षीय छोरा बिटू मिस्त्रीको काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार र औषधिको पनि व्यवस्था मिलाएको छु । अझ मिस्त्री परिवारको आर्थिक अवस्था एकदमै नाजुक भएकाले उनिहरुको निशुल्क खाने र बस्ने ब्यवस्था समेत गरिएको उनले बताए ।

गत आसोज ३ गते देखि सर्लाही जिल्लाका ४ वटै क्षेत्रमा नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज (केएमसी)को सहयोगमा नि:शुल्क  स्वास्थ्य सिबिर आयोजना गरिएको थियो । स्वास्थ्य सिविरमा चेकजाच गरि रिफर भएका सर्लाही जिल्ला क्षेत्र नम्बर १ का आर्थिक अबस्था एकदमै नाजुक भएकी पुनित्ता मिस्त्रीले २ नाबालक छोरा सहित निशुल्क उपचारको लागि अनुरोध गर्न उनको सम्पर्क कार्यलय सिनामंगलमै भेट्न आएपछी उनिहरु नि: शुल्क उपचारको ब्यवस्था गरिएको डा.शर्माले बताए ।

उसोत डा. शर्माले अस्पतालमा भर्ना हुने अधिकांश‘ बिरामीलाई केही छुटको ब्यावस्था मिलाउने नै गरएका छन तर, आर्थिक अवस्था कमजोर भनेर सिफारिस भएका गरिब परिवारका लागि भने उनी भगवान नै साबित भएका छन । 

आफू सङ्ग आएर गारो सारो परेको अनुरोध गरेपछि शर्माले कसैसँग पनि नाई नास्ती गर्न जान्दैन र सेवाको भावना देखाउछ्न। उनको यहि ब्यवहारका कारण अहिले उनी सर्वपृय बन्दै गएका छन । 

IMG_20241110_102500 IMG_20241110_102513

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आजको मौसम : उच्च पहा ...

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। मौस ...

आज किराँत फाल्गुनन्द ...

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजन ...

यु-१९ महिला विश्वकप ...

काठमाडौं । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज चौथो खेलमा थाइल्याण्डसँग प ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved