काठमाडौं : पर्साको वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले जानकारी दिए । उनकाअनुसार आजसम्म पिसिआर प्रविधिबाट परीक्षण गर्नेहरुको संख्या १४ हजारभन्दा माथि छ ।
उनकाअनुसार नयाँ १७ संक्रमितसँग संक्रमितको संख्या ९९ पुगेको छ। यीमध्ये २२ जना उपचारपछि निको भएका छन्। १७ जना संक्रमितमा २ महिनाको बच्चादेखि ६६ वर्षसम्म रहेका छन्। उनीहरु सबै पर्सा जिल्लाका हुन्। आज थपिएका १७ जनामा ७ जना महिला र १० जना पुरुष हुन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved