काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद सुनिल शर्माले यसपालिको भाइटीका नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा बन राज्यमन्त्री रुपा विक संग लगाएका छन ।
सांसद शर्माले बन राज्यमन्त्री रुपा विककै घरमा पुगेर उनको हातको टीका लगाएको शर्माको सचिवले जनाएको छ । शर्माको सचिवालयले सामाजिक संजाल मार्फत भाइ टीका लगाएको तस्वीर सार्वजनिक गर्दै यो जानकारी दिएको हो ।
सचिवालयले लेखेको छ, "यसपालिको भाइटीकामा नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा बन राज्य मन्त्री रुपा विक बहिनीसँग भाइटीका लगाउने शुअवसर मिल्यो । २०८१ सालको भाइटिकामा टिका लगाएर गासिएको दाजुबहिनीको पवित्र सम्वन्ध जुगौजुग सम्म जिवन्त रहोस् । निमन्त्रणाका लागि बहिनी प्रति आभार छु । साथै भाइटीका लगाउने क्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री वाहादुर सिंह लामा, वाग्मती प्रदेशका माननीय मन्त्री मधु कुमार श्रेष्ठ, गण्डकी प्रदेशसभा सदस्य दोर्ण कुवरजिसँग पनि भेटघाट भयो ।,"
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved