काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेका छन् । संघीय संसदको पहिलो बैठकमा दलका तर्फबाट मन्तव्य राख्दै डा. भट्टराईले प्रधानमन्त्रीका पछिल्ला गतिविधिले उनकै ओझ घटेको तर्क पेश गर्दै अब प्रधानमन्त्रीले रोगले जीर्ण भएको शरिरलाई आराम दिनुपर्ने बताए ।
उनले भने, सरकारको छवी राम्रो छैन । सांसदहरु सवै भ्रष्ट, पदलोलुप भनेजस्तो अवस्था छ । राजनीति प्रति जनतामा वितृष्णा फैलिरहेको छ । राजनीतिलाई ठिक बाटोमा ल्याईएन भने प्रतिगमन तर्फ जान पनि सक्छ । यस्तो संकटका बेला सरकारको नेतृत्व अन्य पार्टी फुटाउने योजना बनाउने, संवैधानिक निकाय कब्जा गर्ने योजना बनाउछ भने यो लोकतन्त्रका लागि सुखद खबर होईन । दुई तिहाईको आफ्नो सरकार छँदा छँदै पार्टी फुटाउने अध्यादेश किन चाहियो ?
यसले ठूलो अनिष्टको संकेत गर्छ । अध्यादेश नै ल्याउन खोजेको भए शान्ति प्रकृयासंग जोडिएका विषय ल्याएको भए हुनेथियो । संघीयता तथा समानुपातिकता जस्ता विषयमा अध्यादेश आएको भए हुन्थ्यो । तर उल्टो बाटोमा सरकार जान खोजियो । सांसद अपहरण भएको विषयमा समेत प्रश्न उठाउदै डा भट्टराईले गंभिर लोकतन्त्र विरोधी गतिविधि भएको छ यसलाई तार्किक निश्कर्षमा पुर्याउनु पर्ने बताए । रोगले जिर्ण भएको शरिरलाई प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ लोकतन्त्र सुदृढ गर्नुपर्छ भने । डा। भट्टराईले सरकराले कोरोना संक्रमणको रोकथामका लागि आवश्यक काम गर्न नसकेको टिप्पणी गरे ।
लकडाउन गर्नु ठिकै काम भएपनि त्यसपछिका काम उचित ढंगले गर्न नसकेको उनले बताए । विदेशमा रहेका नेपालीहरुका विषयमा सरकारले आवश्यक काम गर्न नसकेको चर्चा गर्दै डा भट्टराईले ६० लाख भन्दा धेरै नेपाली विदेशमा रहेको र उनिहरुको नेपाल फर्कन चाहेको अवस्थामा सरकराले ठिकठाक काम गर्न नसकेको उनले बताए । संविधानको धारा ४५ ले देश निकाला गर्ने अधिकार कसैलाई पनि नदिएको प्रशंग निकाल्दै नेता भट्टराईले सन्बन्धीत देशले नेपालमा जाउ भन्ने नेपाल सरकारले भित्र्याउन नखोज्ने अवस्थाका कारण नागरिकहरु अहिले पनि रोईरहेको बताए ।
ठूलो संख्यामा बैदेशिक रोजगारीमा गएका नेपालीहरु नेपाल फर्कने संभावना रहेकाले अहिले देखिनै उनिहरुलाई रोजगारी दिलाउने तर्फ सरकारले ध्यान दिनुपर्ने बताए । कोरोनाको संक्रमणका कारण विपन्न र असक्त नागरिकहरु मारमा परेको, साना व्यवसायी र पर्यटन क्षेत्रमा ठूलो मार परेको उनले बताए । रोजगारदाताले बन्द भएका कारण पारिश्रमिक दिन नसकेको बताईरहेको तथा नेपाल सरकारले पनि कुनै दायीत्व लिन नचाहेको उनले बताए ।
संकटका बेला सवैभन्दा ठूलो समस्या भनेको खाध्य सुरक्षा भएको बताउदै नेता भट्टराईले एकातिर किसानका उत्पादन खेर जाने अर्को तर्फ अभाव हुने अवस्था आउँदा सरकारको वितरण प्रणाली नागों भएको उनले बताए । विद्यार्थीहरुको समस्या हल गर्नुभन्दा सरकारले आतंक सृजना गर्न खोजेको उनले बताए । शिक्षामन्त्रीको नाम लिदै डा भट्टराईले भने, एसईई परिक्षा लिनु जरुरी छैन । १२ सम्म माध्यामिक शिक्षा भनेपछि उनिहरुलाई अन्य कक्षा जस्तै सामान्य ढंगले ग्रेडिङ गरेर माथिल्लो कक्षामा पठाउदा हुन्छ ।
डा. भट्टराईले भने, अबको अर्थतन्त्र दोश्रो विश्वयुद्ध पछि ठूलो मन्दी आउनेवाला छ । हाम्रो जस्तो कमजोर अर्थतन्त्रमा २ खर्ब देखी ५ खर्बको नोक्सान हुन्छ । यसलाई सरकारले कसरी पुर्ती गर्छ रु बेरोजगार युवाको व्यवस्थापन कसरी गर्छ र खाध्यान्नमा आउने संकट कसरी समाधान गर्छ । यो सदनमा क्षेत्रीय तथा राजनीतिक विषयहरु तिब्र रुपमा मुखरित हुने संभावना छ । एमसीसी पास भएको छैन । कालापानी लिपुलेकबारे भारतले नयाँ कदम चालेको छ । यसलाई कसरी सम्बोधन गर्ने रुु उनको प्रश्न थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved