काठमाडौ । राप्रपा सम्बद्ध एक दर्जन बढी युवा तथा विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । शोमबार भारतले नेपाली भूमिमा सडक बनाएको भन्दै भारतिय दूतावास अगाडि बिरोध प्रदर्शन गर्न जाने तयारीमा रहेका युवा तथा विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनिहरुले लिम्पियाधुरा र लिपुलेक नेपाली भुमी हो। भारतीयसेना फिर्ता गर । हाम्रो भूमि मिच्न पाइदैन । भारतिय विस्तारबाद मुर्दावाद । भारतिय हस्तक्षेप मुर्दावाद लगायतका नारा लेखेका पप्लेटहरु बोकेर बिरोध जनाएका थिए ।
प्रहरीले उनिहरुलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा राखिएको छ । पक्राउ पर्नेमा राप्रपा नेतृ कुन्ती कुमारी शाही, सरस्वती लामा, प्रकाश रिमाल, महेश सिंह, मणि सिंखडा,कैलास कटुवाल, शशी भण्डारी, निराजन बम, जगदिश राजभण्डारी, जनक फडेरा सन्तोषि शाही, हिक्मत कार्की, गुणराज राजभण्डारी, अभिषेक अधिकारी र विशाल राउत लगायका विद्यार्थी तथा युवाहरु रहेको राप्रपाका युवा नेता राजाराम बर्तौलाले जानकारी दिए ।
बर्तौलाले प्रहरीले गरेको यो कार्य निन्दनिय भएको भन्दै तुरुन्त उनिहरुलाई रिहाइ गर्न माग गरेको छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved