नेपालगन्जमा ६० बर्षिय पुरुषमा दोस्रो रिपोर्ट पनि कोरोना पोजेटिभ

  • बैशाख २९, २०७७
  • कालापानी मिडिया
alt

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका–७ निवासी ६० बर्षिय पुरुषमा दोस्रो पटक गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ भेटिएको छ । पहिलो परीक्षणमा संक्रमण पुुष्टि भएपछि उनलाई सात दिन पछि गरिएको पुनः परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिनुभयो ।

उनीसहित संक्रमित २३ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको उपचारमा संलग्न फिजिसियन डाक्टर पारश खड्काले जानकारी दिनुभयो । २३ जनाको संक्रमितको अव १४ दिन पछि पुनः पिसिआर परीक्षण गरिने मेसु थापाको भनाइ छ । यसअघि संक्रमित पुष्टि भएको पहिलो साता संक्रमितको पुनः स्वाब लिएर पिसिआर परीक्षण गर्ने गरिएको थियो ।

त्यसैअनुसार नेपालगन्जका पहिलो संक्रमितको पुनः स्वाब परीक्षण गरिएको हो नेपालगन्जमा ७ बर्षिया बालिकादेखि ६० बर्षिय ज्येष्ठ नागरिकसम्म कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved