हेटौंडा : भारतले एकतर्फी रुपमा नेपालको भूमि माथि सडक निर्माण गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट यूवा संगठनले आज हेटौंडामा राँके जुलु सहितको विरोध प्रर्दशन गरेको छ । संगठनका बागमती प्रदेशका संयोजक दामोदर वाग्लेको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।
नेपालको मातृभूमि माथिको नाङ्गो हस्तक्षेप भएकोले आफूहरुले त्यसको विरोध गरेको संगठनका हेटौंडा नगर अध्यक्ष भृगु कार्कीले बताएका छन् । कान्तिराजपथबाट शुरु भएको राँके जुलुस बुद्ध चौकमा गएर समापन भएको थियो । विरोधको क्रममा बालिएको आगोलाई नेपाल प्रहरीले निभाएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved