मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमण पुष्टि,संचारकर्मी देखी स्वास्थ्यकर्मी सम्म संक्रमित

संक्रमितको संख्या २१७ पुग्यो

  • बैशाख ३१, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । यससँगै मंगलबार एकैदिनमा ८३ जना संक्रमित थपिएका छन् ।

मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष तथा धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

दुई पत्रकार पनि संक्रमित

यसअघि मंगलबार ५७ जनामा संक्रमण देखिएको थियो । उनीहरू मध्ये ३९ जना पर्साका थिए । त्यसमध्ये २५ जना वीरगञ्ज महानगरपालिकाका थिए । उनीहरु छपकैया, इनरवा, घुसुकपुर र नग्वा क्षेत्रका हुन् । र, १२ बर्षदेखि ५३ बर्ष उमेरका छन् ।

दुई जना वीरगञ्जका पत्रकार समेत छन् । नेपालमा पहिलो पटक पत्रकारमा संक्रमण पुष्टि भएको हो ।

यस्तै छिपरमाई गाउँपालिकाको मंगल माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका १४ जना संक्रमित छन् । उनीहरु १३ वैशाखमा बागलुङबाट पर्सा आइपुगेका थिए ।

बाराको बिश्रामपुर गाउँपालिकाका संक्रमित १४ बर्षीय किशोर हुन् । छपकैयाका संक्रमितको कट्याक ट्रेसिङका क्रममा उनको थ्रोट स्वाब संकलन गरिएको थियो ।

कोरोना संक्रमितको संख्या बढेसँगै पर्सा र बारा प्रशासनले निषेधाज्ञा समेत जारी गरेका छन् ।

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

यस्तै कपिलवस्तुमा थपिएका ८ जना संक्रमितमध्ये एक जना २५ वर्षीया स्वास्थ्यकर्मी समेत छिन् । नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।

तौलिहवा अस्पतालमा कार्यरत ९ जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये एक जनामा संक्रमण पुष्टि भयो भने ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मी काम छन् ।

मंगलबार थपिएका सबै संक्रमित कपिलवस्तु नगरपालिकाका बासिन्दा हुन् । यसससँगै कपिलवस्तुमा मात्र कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।

संक्रमित स्वास्थ्यकर्मीसहित ७ जनालाई मंगलबार नै बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ । उनीहरुसँग सम्पर्कमा अस्पताल सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

भारतबाट आएका थिए ९ संक्रमित

यस्तै रुपन्देहीमा भेटिएका नौ जना संक्रमित लुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दा हुन् । वडा नंं ४, ५, ७, ११ र १२ का उनीहरू १७ देखि ५० वर्ष उमेरका पुरुष हुन् ।

उनीहरू सबै लकडाउनको समयमा भारतको मुम्बई र कानपुरबाट नेपाल-भारत सीमा क्षेत्र दशगजासम्म आइपुगेका थिए । यससँगै रुपन्देही जिल्लामा मात्र कोरोना संक्रमितको संख्या १६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved