काठमाडौं – पूर्व गृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । ती २७ वर्षीय प्रहरी जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायी रुपमा बस्दै आएका थिए ।
ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
भक्तपुरमा कोरोना संक्रमण देखिएका अर्की २५ वर्षीया महिला भक्तपुर सल्लाघारी बस्ने गरेकोमा पछिल्लो पटक नयाँठिमीस्थित प्रजित रेग्मीको घरमा बस्दै आएको खुलेको छ ।
संक्रमितलाई हिजै टेकु अस्पतालमा भर्ना गरिएको छ । ती महिलाको घर सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का भएको जनाइएको छ । राजधानीमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved