काठमाडौं । दार्चुलाको लिपुलेक नजिकै पर्ने छाङ्गरुमा सशस्त्र प्रहरीले आजदेखि सीमा निगरानी चौकी ९बिओपी०सञ्चालनमा आएको छ ।
ब्यास गाउँपालिका-१, छाङ्गरुमा बिओपी सञ्चालन भएको हो ।
नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी त्यहाँ लगिएको थियो ।
नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक बनाएपछि नेपालले सीमा सुरक्षाका लागि भन्दै बिओपी स्थापना गरेको हो ।
त्यहाँ सशस्त्र प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली खटिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved