थुलुङ दुधकोशी गाउँपालिकामा ईतिहासकै ठुलाे महात्सब हुने

  • कार्तिक १९, २०७६
  • कालापानी मिडिया
alt

सोलुखुम्बु,  आगामी मंसिर ५ देखि ८ सम्म सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले ‘गाउँपालिका महोत्सब तथा अध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगीता’ आयोजना गर्ने भएको छ । मंगलबार सल्लेरीमा पत्रकार सम्मेलन गर्दै अघिल्लो बर्ष देखि शुरु गरिएको अध्यक्ष रनिङ शिल्डको निरन्तरता र पर्यटन बर्ष सन् २०२० लाई टेवा पु¥याउने द्येयले मनोरञ्जन, संस्कृति, कृषि र स्थानीय खाना प्रर्दशनीलाई समाबेश गरि महोत्सबको तयारी थालिएको जानकारी गराईएको हो ।

महोत्सब अन्तरगत राष्ट्रिय कलाकारहरु गायक शम्भु राई, गायिका मेलिना राई र हाँस्य कलाकार फुलन्देकी आमा सहित स्थानीय कलाकर्मीको मनोरञ्जनात्मक प्रस्तुती रहने थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । हरेक साँझ स्थानीय प्रतिभा प्रस्फुटनका लागि एकल तथा सामूहिक नृत्य र एकल गायन प्रतियोगीताको आयोजना गरिनेछ । अध्यक्ष राईले भने, ‘हामी खेलकुद र मनोञ्जनको माध्यमबाट स्वस्थ जनशक्ति उत्पादन गर्न र सम्बृद्धि स्थानीय तह निर्माणमा प्रयोग गर्न चाहन्छौ । त्यसकारण पनि बर्षेनी उत्सबको रुपमा मनोरञ्जन र खेलकुद प्रतियोगीता आयोजना गर्दछौ’ ।

४ दिनसम्म चल्ने खेलकुद कार्यक्रम अन्तरगत जिल्लास्तरिय अन्तरवडा भलिबल प्रतियोगीता गराईनेछ । विजेतालाई नगद एक लाख, ७५ हजार, ५० हजार र २० हजारको साथमा शिल्ड, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने खेल संयोजक रामसर्घष किराँतीले जानकारी दिए । त्यस्तै, थुलुङ दुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकाको सिमाना भित्ते देखि गाउँपालिकाको केन्द्र मुक्लिसम्म महिला÷पुरुष मिनि म्याराथन प्रतियोगीताको पनि आयोजना गरिएको खेल संयोजक किराँतीले बताए । खेलकुद र सांस्कृतिक कार्यक्रमले आन्तरिक पर्यटन बढवामा टेवा पु¥याउने वडा नं ७ देउसाका वडाअध्यक्ष समेत रहेका किराँतीको विश्वास छ ।

पत्रकार सम्मेलनमा प्रदेश नं १ का सांसद उत्तम कुमार बस्नेतले थुलुङ दुधकोशीलाई ‘पर्यटन हव’को रुपमा विकास गर्न सकिने संभावना औल्याए । ठाउँठाउँमा पक्कि, झोलुङगे, काठे पुल निर्माणमा जोड दिएको बताउदै सांसद बस्नेतले काँगेल विमानस्थल संचालनको प्रयासमा रहेको बताए । सांस्कृतिक तथा खेलकुदका कार्यक्रमले गाउँपालिकामा हजारौँ आन्तरिक पर्यटक भित्रने आशा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved