कविता - लाग्दैन उस्काे भर

  • जेठ १, २०७७
  • कालापानी मिडिया
alt

कविता - लाग्दैन उस्काे भर
छन्द - शार्दूलविक्रीडित
- यज्ञराज उपाध्याय
विश्वमै कलिकाे कराल कलना बढ्दै गयाे झन्झन ।
प्रभावीत भए अस्वस्त रितले लाखाैँ कराेडाैँ मन ।।
सारा लाेक बसे भयातुर भई आफै नजर्बन्दमा ।
लागे गाउन गीत काैरवहरू षड्यन्त्रकाे छन्दमा ।।
 
काेराेनासित लड्न छाेडि मुखिया उल्टै भिभीषण् बनी ।
छाेड्याे सारथिलाइ कान्तिपुरमा पक्रेर ल्याऊ भनी ।।
दाैडे दूतहरू विहानिपखमै उन्मत्त घाेडा सरी ।
गर्जे सुण्ड र मुण्ड युध्दभुमिमा जित्ने अपेक्षा गरी ।।
 
उद्दत् छन् कलिका छली दुतहरू संख्या बढाऊनमै ।
सारै ब्यस्त छ रे अस्वस्थ शकुनी पासा लडाऊनमै ।।
गर्ने आस बढाउदै घरिघरी हीमाल आराेहण ।
कुर्सी लालचमा फस्याे शकुनिकाे बाहूबली रावण ।।
 
चूके के गरि आज पाण्डवहरू अर्जूनदृष्टी दिन ।
हस्तीनापुर पाउने रहरमा मख्खै छ दूर्याेधन ।।
द्राेणाचार्य निरीहझै बनिरहे भन्दै म लाै के गरू।
सीमामै अलपत्र छन् कतिकती बन्धू र बान्धवहरू ।।
 
जूवा खेल्न सधै जुट्याे घरमुली लाग्दैन उस्काे भर ।
आगाे लाउन तम्तयार किन हाे ? आफ्नै नहाे त्याे घर ।।
पर्दै छन् दिनदीन लालचिहरू माकूरिकाे जालमा ।
गान्धारी किन माैन छन् शकुनिकाे यस्ताे कुटिल् चालमा ? ।।
२०७७ साल ज्येष्ठ १ गते
बुध्दनगर काठमाडाै

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved