काठमाडौं पस्यो फ्रान्सेली लक्जरी ग्रुप रोयल टुलिप, सम्हाल्यो गुण ग्रुपको पाँचतारे होटल

  • पुस १९, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं। विश्वभर लक्जरी होटल व्यवस्थापन गर्दै आएको फ्रान्सको रोयल टुलिप काठमाडौं प्रवेश गरेको छ। अवको ६ महिनाभित्र पुर्ण सञ्चालनमा आउन थालेको गुण ग्रुपको पाँचतारे होटल द म्यासिफको व्यवस्थापन सम्हाल्ने गरी रोयल टुलिप काठमाडौं प्रवेश गरेको हो। 

रोयल टुलिपले नेपालमा होटल व्यवस्थापन गर्न लागेको योसँगै दोस्रो हो। यस अघि चितवनको सौराहामा केटीएम ग्रुपको होटल सञ्चालनको तयारीमा छ।

काठमाडौंमा भने गुण समूहसँगको सहकार्यमा प्रवेश गरेको हो। गुण ग्रुपले ललितपुरको ग्वार्खोमा निर्माण गरेको होटलको व्यवस्थापन सम्हाल्ने गरी बुधबार दुई पक्षिय सम्झौता भएको हो। सम्झौतमा अध्यक्ष राजेन्द्र शाक्य र लुभ्र होटलका निर्देशक एवम भारतको होटल सरोवरका अध्यक्ष अजय कुमार बकायाले हस्तारक्षर गरेका छन्।

‘यससँगै बुुधबार देेेखि म्यासिफ होटल रोयल टुलिपमा रुपान्तरण भएको घोषणा भयो,’ गुण समुहका अध्यक्ष शाक्यले भने, ‘फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन भएका कारण रोयल टुलिपसङ्ग व्यवस्थापनको सम्झौता नेपालको लागि माइलस्टोन हुनेछ। ’

होटल निर्माणको क्रममा लगानी जुटाउन समस्या भएको स्मरण गर्दै अध्यक्ष शाक्यले केहि भावुक हुँदै दुखमा प्राइम कमर्सियल बैंकले सहयोग गरेको भन्दै धन्यबाद दिए।

‘नारायण दास श्रेष्ठ सर प्राइम बैन्कको सिइओबाट अवकास पाउनु अघि मलाइ ५० करोड रुपैया रिण दिन तयार हुनुभएको थियो,’ अध्यक्ष शाक्यले भने, ‘त्यो अवस्थामा हाम्रा लागि दिनु भएको वहाँको सहयोग कहिल्यै बिर्सदैनौ।’

अहिले पहिलो चरणमा कन्फ्रेन्स हल, सेमिनार हल सन्चालनमा ल्याउने तयारी गरेको होटलले अबको ३ महिना पछि कोठा पनि सन्चालनमा ल्याउने उनले जानकारी दिए। निर्देशक वकायाले लुभ्र अन्तर्गत रोयल टुलिप ब्रान्डमा मासिफ २३ औ होटल रहेको बताए। ‘यो होटल नै आतिथ्यता र विशेष गरि कन्फ्रेन्स, वैवाहिक समारोहका लागि उपयुक्त होटल रहनेछ’ निर्देशक वकायाले भने ‘हामी उच्च्स्तरिय सेवा दिनका लागि जनशक्ती तालिममा विशेष केन्द्रित रहनेछौ।’

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले एकदमै मेहेनती र गल्ती नगरी काम गर्ने परिवार गुण ग्रुपले रोयल टुलिपलाई भित्र्याएर पर्यटन क्षेत्रमा अर्को पाइला थपेको बताए। ‘दिजेन्द्रको बुबा तेजमान शाक्य सपरिवारलाइ देखिरहेको छु,’ मेयर महर्जनले भने,‘वहाँहरुको यो उदाहरणिय कार्यले स्पष्ट पारेको छ।’ ग्रुपका प्रवन्ध निर्देशक दिप्रश शाक्यले यो सम्झौताले मुलुकमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई विशेष किसिमको आतिथ्यता प्रदान गर्ने बताए।

‘हामीले गन्तव्यमात्र नभै पाहुनाको अनुभुतीलाइ विशेष प्राथमिकतामा राखेका छौं’ उनले भने ‘हामीले टुलिपलाइ ब्राण्डको रुपमा मात्र नभै विश्व व्यापी रुपमा मुलुकको पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले ल्याएका हौ।’ ग्रुपका निर्देशक दिपृना शाक्यले होटलको प्रमुख उद्धेश्य लक्जरी मात्र नभै विशेष अनुभुती प्रदान गर्नु रहेको बताइन।

हाउजिङ, सपिङ मल, एयरलाइन्स, मिडिया उद्योग क्षेत्रमा लगानी विस्तार गरिरहेको यो समूहको होटल पहिलो हो। होटलका महाप्रवन्धक वलराम पाठकले ग्लोबल हस्पिटालिटीमा नया कोशेढुङ्गा कायम हुने बताए। ‘यो सम्झौताले दुई मुलुकविचको व्यापारिक सम्झौता मात्र नभै समग्र आतिथ्यता क्षेत्रमै नयाँ अवधारणा लागू हुन्छ,’ महाप्रवन्धक पाठकले भने।

६ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भइरहेको होटलमा ३०२ कोठा रहेका छन्। होटलमा प्रेसिडेण्टल, सुइट, डिलक्स र स्ट्यान्डर्ड लेभलका कोठा रहनेछन्। हरेक कोठामा नेपालीपनसँगै लक्जरी हुनेछ। १६ रोपनी क्षेत्रफलमा फैलिएको होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने नजिक र काठमाडौं उपत्यकाको चक्रपथ छेउमा अवस्थित छ।

होटल पाटन दरबार स्क्वायरबाट दुई किलोमिटर दूरीमा छ। होटलमा स्विमिङ पुल, हेल्थ क्लबसहित बैंक्युट हल हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वकप खेल्ने नेपाल ...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी यू–१९ महिला विश्वकप २०२५ का लागि नेपाली राष्ट्र ...

माओवादीको केन्द्रिय ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुनेछ। पार्टी ...

बिहानको समयमा उपत्यक ...

काडमाडौं । जल तथा मौसम बिहविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved